शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

फेरि बढ्यो प्याजको मूल्य, होलसेलमै प्रतिकिलो १ सय २० रूपैयाँ

images
सोमबार, कात्तिक १३ २०८०
images
फेरि बढ्यो प्याजको मूल्य, होलसेलमै प्रतिकिलो १ सय २० रूपैयाँ

आन्तरिक बजारमा प्याजको मूल्यमा उछाल आएपछि भारत सरकारले निर्यात निरुत्साहित गर्नका लागि न्यूनतम निर्यात मूल्य निर्धारण गरेको छ। जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।

images
images

काठमाडौं- नेपाली बजारमा प्याजको मूल्य फेरि बढेको छ। कालिमाटी तरकारीको होलसेल मूल्य नै प्रतिकिलो १ सय २० रूपैयाँ पुगेको छ। खुद्रा बजारमा भने प्याजको मूल्य प्रतिकिलो १ सय ४० रूपैयाँदेखि १ सय ५० रूपैयाँ पुगेको छ।

images
images
images

अहिले नेपाली बजारमा बिक्री भइरहेको ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट नै आयात हुन्छ। भारत सरकारले प्याजको निर्यातमा थप अंकुश लगाएको छ। आन्तरिक बजारमा प्याजको मूल्यमा उछाल आएपछि भारत सरकारले निर्यात निरुत्साहित गर्नका लागि न्यूनतम निर्यात मूल्य निर्धारण गरेको छ। जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।

images
images

भारतीय व्यापार निर्देशनालयले सूचना जारी गर्दै निर्यात हुने प्याजको न्यूनतम मूल्य निर्धारण गरेको हो। सूचनाअनुसार निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय अमेरिकी डलर रहेको छ। यो आजदेखि नै लागु हुनेछ। यो मूल्य सन् २०२३ को डिसेम्बरसम्म लागु हुने सूचनामा उल्लेख गरिएको छ।

images
images

न्यूनतम निर्यात मूल्य निर्धारण भएपछि निर्यात हुने प्याज थप महँगो हुनेछ। निर्यातका लागि महँगो हुँदा आन्तरिक बजारमा आपूर्ति बढ्ने र मूल्य सन्तुलन हुने विश्वासमा भारत सरकारले मूल्य निर्धारण गरेको हो। यसअघि निर्यात हुँदा आयातकर्ता र निर्यातकर्ताको सहमतिमा मूल्य निर्धारण हुँदै आएको थियो। 

न्यूनतम मूल्य निर्धारणपछि नेपाली बजारमा पनि प्याजको मूल्य थप आकासिने भएको छ। यो मूल्य निर्धारणपछि भारतबाटै प्रतिकिलो १०५ रूपैयाँभन्दा बढीमा आउनेछ। त्यसमा लाग्ने मूल्य अभिवृद्धि कर तथा अन्य व्यापारिक लागतले मूल्य आकासिने भएको छ। 


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend