काठमाडौं- नेपाल बङ्गलादेश बैंकको अध्यक्षमा एआरएम नजमुस शकिब दोहोरिएका छन्। बैंकको नव निर्वाचित संचालक समिति बैठकले शकिबलाई नै आगामी ४ वर्षे कार्यकालका लागि चयन गरेको हो।
बैंकको नव निर्वाचित अध्यक्ष शकिबले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ गराएका हुन् ।
बैंकको सञ्चालक समितिको बैठकले शकिबलाई ४ वर्षका लागि अध्यक्ष चयन गरेको थियो। हाल यस बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, र ८४ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।