शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

८ अर्ब लागतमा बनेपामा प्रतिरक्षा विश्वविद्यालय खुल्दै, परामर्शदाताका लागि ४ कम्पनी प्राविधिकरुपमा सफल

images
सोमबार, कात्तिक १३ २०८०
images
८ अर्ब लागतमा बनेपामा प्रतिरक्षा विश्वविद्यालय खुल्दै, परामर्शदाताका लागि ४ कम्पनी प्राविधिकरुपमा सफल

रक्षा विश्वविद्यालय निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट २०७८ असारमै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको थियो। विश्वविद्यालय निर्माणका ८ अर्ब ३ करोड भन्दा बढी खर्च हुने लागत अनुमान सहितको रिपोर्ट सार्वजनिक भइसकेको छ।

images
images

काठमाडौं- राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी - एनडीयू) निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया सुरु भएको छ।

images
images
images

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण आयोजनाले परामर्शदाता छनोटका लागि प्राविधिकरुपमा ४ वटा कम्पनी सर्ट लिष्ट गरेको छ। विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले एक महिनाको सयम अवधि दिएर सर्ट लिष्ट कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो।

images
images

समितिले विल्डिङ डिजाइन अर्थोरेटी प्रालि, केज कन्सल्ट प्रालि, माला एण्ड ग्रुप इन्जिनियरिङ एसोसिएटस् प्रालि र श्रेष्ठ कन्सल्ट्यान्ट प्रालिलाई सर्ट लिष्ट गर्दै विस्तृत प्रस्ताव माग गरेको हो।

images
images

सर्ट लिष्ट भएका कम्पनीहरुबाट परामर्शदाता छनोट हुनेछन्। छनोट हुने कम्पनीले विश्वविद्यालय निर्माणको मास्टर प्लान रिभ्यु, आर्टिटेक्चरल डिजाइन, विस्तृत इन्जिनियरिङ डिजाइन, इन्टेरियर डिजाइन, ल्याण्ड स्केप डिजाइन, मोटोको अवस्था अध्ययन तथा व्यववस्थापनको विषयमा काम गर्नु पर्नेछ।

national defense university.jpg

रक्षा विश्वविद्यालय निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट २०७८ असारमै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको थियो। विश्वविद्यालय निर्माणका ८ अर्ब ३ करोड भन्दा बढी खर्च हुने लागत अनुमान सहितको रिपोर्ट सार्वजनिक भइसकेको छ।

प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण आयोजना काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा निर्माण हुनेछ। यस आयोजनाको क्षेत्रफल ३ लाख ८१ हजार ६ सय ९१.४५ वर्ग मिटर रहेको छ।

जसअन्तर्गत शैक्षिक तथा प्रशासनिक परिसर, विद्यार्थी आवासीय भवन, संकाय आवासीय भवन, बहुउद्देश्यीय खेल परिसर, सुरक्षा कर्मीको लागि भवन, पानी भण्डारणको लागि ट्यांकी, हेलिप्याड, पहुँच मार्ग, चमेनागृह लगायतका संरचनाहरू पर्दछन् भने निर्माणको क्रममा भण्डारण क्षेत्र, कामदार शिविर क्षेत्र, तथा सुरक्षा क्षेत्र यस अन्तर्गत रहने छन्। यस आयोजनाको निर्माणका लागि नेपाल सरकारद्वारा पेरुङ्गे सामुदायिक वनको जग्गा प्रस्तावकलाई हस्तान्तरण भएको छ।


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend