बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

नेपाल पर्वतारोहण संघको स्वर्ण महोत्सव कात्तिक १५ मा, विश्वका आरोही नेपाल आउँदै

images
आइतबार, कात्तिक १२ २०८०
images
images
नेपाल पर्वतारोहण संघको स्वर्ण महोत्सव कात्तिक १५ मा, विश्वका आरोही नेपाल आउँदै

दिवसका अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण संघका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ।

images
images

काठमाडौं- पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल पर्वतारोहण संघले स्थापनाको ५० वर्ष मनाउँदै छ। नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको संघले यही कात्तिक १५ गते ५०औँ स्वर्ण महोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो।

images
images
images

महोत्सवमा विश्वविख्यात आरोहीहरुको सहभागिता रहने र त्यहाँ समग्र पर्वतीय पर्यटन विकासबारे छलफल हुने जानकारी दिइएको छ। उक्त दिवसका अवसरमा कात्तिक १४ गते एशिया महादेशमा रहेका अल्पाइन क्लबहरुको छाता संस्थाको रुपमा रहेको एशियाली पर्वतारोहण महासंघको साधारणसभा काठमाडौं आयोजना हुँदैछ।

images

नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना हुने साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। त्यसैगरी कात्तिक १५ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आर्मी अफिसर्स क्लबमा विशेष समारोह आयोजना गरिनेछ। सो कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासंघका अध्यक्ष, एशियाली पर्वतारोहण महासंघका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

images
images
images

दिवसका अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण संघका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ। विश्वभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने संघका महासचिव मोहन लम्सालले बताए।

एशियाली पर्वतारोहण महासंघ र विश्व पर्वतारोहण महासंघका प्रतिनिधिको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन हुने संघका अध्यक्ष निमानुरु शेर्पाले बताए। उनले भने, 'एशियाली अल्पाइन क्लबका अध्यक्ष र प्रतिनिधि तथा एशियाली महासंघका पदाधिकारीको नेपाल आगमन आफैमा नेपालको पर्यटनका निम्ति महत्वपूर्ण विषय हो, विश्व विख्यात आरोही पनि आउने भएकाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा थप मद्दत पुग्ने छ।'

एशियाली पर्वतारोहण महासंघको साधारण सभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने संघका अध्यक्ष शेर्पाले बताए। हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि छलफल हुनेछ। सोही कार्यक्रममा एनएमएले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ।

त्यस्तै संघले यसैवर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठ हजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’ लाई प्रदान गर्ने निर्णय गरिएको संघले जनाएको छ।

दिवसका अवसरमा जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ। सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थर पुर्‍याउनाका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको संघले जनाएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १२ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend