सोमबार, वैशाख २४ गते २०८१    
images
images

मोबाइल र ल्यापटपको आयात बढ्यो 

images
images
images
मोबाइल र ल्यापटपको आयात बढ्यो 

स्मार्टवाच पनि गत वर्षको तुलनामा वृद्धि भएको छ। गत वर्ष ७९ हजार वटा आयात भएकोमा यो वर्ष ९० हजारवटा स्मार्टवाच आयात भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा डिजिटल उपकरणको आयात बढेको छ। 

images
images
images

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा स्मार्टफोन, ल्यापटप, ट्याबलेट र स्मार्टवाचको आयात बढेको छ। 

images

 यो वर्षको तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन आयात भएका छन्। यसबाटमात्र सरकारले १ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने यही अवधिमा ८ अर्ब ५३ करोड रुपैयाँका ६ लाख १८ हजार ५२० वटा स्मार्टफोन आएका थिए। 

images

त्यस्तै अन्य टेलिफोन भने गत वर्षको तुलनामा आयात घटेको छ। यो वर्षको तीन महिनामा ३ लाख ७२ हजार ९६२ वटा आएका छन्। यसको मूल्य २९  करोड रुपैयाँ छ। गत वर्षको यही अवधिमा ६४ करोड रुपैयाँका ६ लाख ५६ हजारवटा भित्रिएका थिए। 

images
images

स्मार्टवाच पनि गत वर्षको तुलनामा वृद्धि भएको छ। गत वर्ष ७९ हजार वटा आयात भएकोमा यो वर्ष ९० हजारवटा स्मार्टवाच आयात भएको छ। 

यो अवधिमा २ अर्ब ३ करोड रुपैयाँका ३० हजार ७३१ वटा ल्यापटप तथा नोटवुक भित्रिएका छन्। गत वर्षको यही अवधिमा १ अर्ब ६४ करोड रुपैयाँको २४ हजार ७११ वटा ल्यापटप आयात भएको थियो। त्यस्तै १२ करोड रुपैयाँका ३ हजार ९५८ वटा ट्याबलेट आयात भएको छ। गत वर्ष ३ करोड रुपैयाँको १ हजार ११३ वटा ट्याबलेट आयात भएको थियो। 

images

प्रकाशित : आइतबार, कात्तिक १२ २०८००८:१४

प्रतिक्रिया दिनुहोस