चितवन- चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू-भागहरूमा फैलिएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज विभिन्न जिवजन्तु र चराचुरूङ्गीका लागि उपयुक्त बासस्थान बनिरहेको छ।
९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई पनि समेटेको छ। जहाँ गैँडा, पाटे बाघ, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन्।
यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइ सरेर आएका र रैथाने गरी ५ सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले निकुञ्जलाई अझ धनी बनाएका छन्। यिनैको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो।
सबै तस्बिर : प्रदीपराज वन्त/रासस




