आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

म्याग्दीमा फलफूल र आलुबाली विकास आयोजना, प्रदेशले दियो ४ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १० २०८०
images
म्याग्दीमा फलफूल र आलुबाली विकास आयोजना, प्रदेशले दियो ४ करोड
फाइल तस्बिर
images
images

म्याग्दी- म्याग्दीमा आलु र फलफूल बाली विकास आयोजना लागु भएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफूल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब चार करोड रुपैयाँ बजेट पठाएको छ।

images
images
images

कृषि ज्ञानकेन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बाँस्तोलाले आलु र सुन्तलाजात फलफूल खेतीलाई जोड गरेर आयोजना लागु गरिएको जानकारी दिए। 

images
images

'म्याग्दीमा आलु र सुन्तलाखेतीको सम्भावना भएकाले यसको खेती विस्तार र बजारीकरणमा सघाउन आयोजना लागु गरिएको हो', उनले भने, 'आयोजनामार्फत् कृषक र कृषक समूहलाई कूल लागतको ५० लेखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ।' 

images
images

समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत म्याग्दीमा एक सय २५ हेक्टर क्षेत्रफलमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि तीन करोड बजेट प्राप्त भएको निमित्त प्रमुख बास्तोलाले बताए। 

खायन आलु कार्यक्रमका लागि कम्तीमा १० घरधुरी संलग्न भइ न्यूनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत आलुखेती गर्नुपर्ने शर्तसहित प्रस्ताव आह्वान गरिएको छ। स्थानीय बीउ प्रयोग गरेर आलुखेती विस्तार र उपभोगका लागि बिक्री वितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य हो। 

स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ। म्याग्दीमा एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा यस वर्ष २५ हजार चार सय १० मेट्रिकटन उत्पादन भएको छ।  

अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २३ हजार सात सय ९३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको केन्द्रका प्राविधिक सम्झना आचार्यले बताइन्। म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ। 

यसैगरी फलफूल बाली विकास कार्यक्रममार्फत सुन्तला र किबीखेती विस्तार, बगैँचा सुदृढीकरण र बजारीकरणमा सघाउन ७४ लाख बजेट आएको छ। दुई वटा फलफूल नर्सरी स्रोत केन्द्र स्थापनाका लागि २० लाख, २० हेक्टर क्षेत्रफलमा खेती विस्तारका लागि ३० लाख, ३० हेक्टरमा बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गर्न १२ लाख विनियोजन भएको छ। 

म्याग्दी जिल्लाबाट गत वर्ष २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएकामा तीन सय ५५ हेक्टरको बोटले उत्पादन दिने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १० २०८०१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend