शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

३ महिनामा रोजगारीका लागि बाहिरिए १ लाख ६२ हजार युवा, महिला कामदारको हिस्सा १३ प्रतिशत

गत आवको भन्दा २० प्रतिशतले कमी

images
images
images
३ महिनामा रोजगारीका लागि बाहिरिए १ लाख ६२ हजार युवा, महिला कामदारको  हिस्सा १३ प्रतिशत
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को ३ महिनामा वैदेशिक रोजगारीका लागि नेपालबाट विश्वमा विभिन्न देश जान भन्दै अन्तिम श्रम स्वीकृत लिनेको संख्या १ लाख ६२ हजार ३ सय ९४ रहेको छ। जसमा नयाँ कामको खोजीमा म्यानपावरमार्फत रोजगारीका लागि  विदेश जानेको संख्या ८७ हजार ७ सय ६३ रहेको छ। 

images
images
images

चालु आवको ३ महिनामा रोजगारीका लागि विदेश जानेको संख्या गत आर्थिक वर्ष २०७९/०८० को सोही अविधिको भन्दा कम हो। गत आवको साउनदेखि असोजसम्ममा २ लाख २ हजार १ सय ४८ जना युवा रोजगारीका लागि विदेश गएका थिए।

images

गत आबको भन्दा चालु आवको ३ महिनामा विदेश जानेको संख्या ३९ हजार ७ सय ५४ ले कम हो। विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत आवको तुलना चालु आवको ३ महिनामा १९.६६ प्रतिशतले कमी हो। जुन कुल  रोगजागरीमा जाने  युवा मध्ये ५४.०५ प्रतिशत हो। 

images

यसैगरी ३ महिनामा नेपाल आइ पुन: रोजगारीका लागि नै विदेश फर्कनेको संख्या भने ४९ हजार २ सय ९७ जना रहेको छ। यो कुल संख्याको ३०.३५ प्रतिशत  हो। साथै व्यक्तिगत भिसा र जीटूजी मार्फत रोजगारीका लागि जानेको संख्या भने २५ हजार ३ सय ३४ रहेको छ। जुन कुल संख्याको १५.६० प्रतिशत हो।

images
images

चालु आवको ३ महिनमा वैदेशिक रोजगारीमा जाने कामदार मध्ये २१ हजार २ सय ४९ जना महिला कामदार रहेका छन्। यो कुल रोजगारीमा जाने कामदार मध्येको १३ प्रतिशत हो। असोजमा ५६ हजार २ सय ३५ जना वैदेशिक रोजगारीमा पुगका गएका छन्।

जसमा म्यानपावर मार्फत ३१ हजार ३ सय ६८ जना रहेका छन भने विदामा नेपाल आइ पुन: रोजगारीका लागि फर्कनेको संख्या १७ हजार २ सय ९३ जना रहेको छ। 

यसैगरी व्यक्तिगत भिसामा जानेको संख्या ७ हजार १ सय ६५ र जीटूजी मार्फत जानेको संख्या ४ सय ९ रहेको छ। असोजमा कुल वैदेशिक रोजगारीमा जानेको संख्या मध्ये ६ हजार ८ सय ३७ जना महिना रहेका छन्। 

भदौमा ५० हजार ८ सय ८४ जना वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश पुगेका छन्। जसमा ६ हजार ६ सय ८७ जना महिना कामदा रहेका छन्। भदौमा नयाँ कामका लागि म्यानपावरमार्फत विदेश जाने युवाको संख्या २७ हजार १ सय ७१ रहेको छ।

यसैगरी विदामा नेपाल आइ पुन: रोजगारीका लागि फर्कनेको संख्या १५ हजार ५ सय ८१ रहेको छ। भदौमा नै व्यक्तिगत भिसा मार्फत ७ हजार ३ सय ५ जना रोजगारीका लागि विदेश गएका छन भने जीटूजी मार्फत ८ सय २७ जना रोजगारीका लागि बाहिरिएका छन्।

साउनमा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या ५५ हजार ५ सय ७५ जना रहेको थियो। साउनमा ७ हजार ७ सय २५ जना महिना कामदार रोजगारीका लागि विदेशिएका थिए।

साउनमै नयाँ कामको खोजीका लागि म्यानपावर मार्फत २९ हजार २ सय २४ जना र विदामा नेपाल आइ पुन: रोजगारीका लागि फर्कनेको संख्या १६ हजार ४ सय २३ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

साउनमा व्यक्तिगत भिसा मार्फत ७ हजार ५ सय ६८ र जीटूजी मार्फत २ हजार ३ सय ६० जना कामदार वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश पुगेका छन्।

images

प्रकाशित : शुक्रबार, कात्तिक १० २०८००५:२९

प्रतिक्रिया दिनुहोस