आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंक र धितोपत्र बोर्ड नरम बन्दा दसैँअघि सुधार देखिएको सेयर बजार अब कता?

शनिबार, कात्तिक ११ २०८०
राष्ट्र बैंक र धितोपत्र बोर्ड नरम बन्दा दसैँअघि सुधार देखिएको सेयर बजार अब कता?

नियामकहरू सेयर बजारको सुधारका लागि निरन्तर प्रायसमा देखिन्छन्। नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमामा गरेको संशोधनले बजारमा तत्काल सुधार नदेखिए पनि धितोपत्र बोर्डले कमिसन घटाएसँगै बजारमा उछाल देखिएको थियो।

काठमाडौं- दसैँ नजिकिँदा ८२.३१ अंकले घटेको सेयर बजार अन्तिम साता भने २९.२४ अंकले बढेको थियो। दसैँ बिदाअघिको अन्तिम कारोबार स्थिर देखिएको बजारमा समग्र साताभरको अवस्था भने सुखद देखिएको थियो। 

सूचकहरु सकारात्मक बन्दै गएकाले दसैँ लगत्तै सेयर बजार सकारात्मक हुने अनुमान गरिएको छ। राष्ट्र बैंकले समेत खुकुलो नीति लिएकोले दसैँपछि बजार सकारत्मक हुने अनुमान गरिएको छ। आउने आइतबारबाट सेयर बजार खुला हुने छ। दसैँअघि आएका रेमिट्यान्स तथा अन्य आम्दानी पनि अब प्रणालीमा आउने छ।   

दसैँ बिदाको अघिल्लो लिन बजार १९०३.८४ बिन्दुमा रोकिएको छ।  ९७ करोड ६ लाख १२ हजार रुपैयाँको कारोबार भएको थियो। 

नियामकहरू सेयर बजारको सुधारका लागि निरन्तर प्रायसमा देखिन्छन्। नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमामा गरेको संशोधनले बजारमा तत्काल सुधार नदेखिए पनि धितोपत्र बोर्डले कमिसन घटाएसँगै बजारमा उछाल देखिएको थियो।

धितोपत्र बोर्डले ब्रोकर कमिसन र नेप्से चार्ज १० प्रतिशतले घटाउने निर्णय गरिसकेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।

तत्कालै ठूलो सुधार नदेखिए पनि बजारले अब सुधारको गति लिने विश्वास संगठित लगानिकर्ताहरूको छ। यसअघि पनि उच्च बिन्दुमा पुगेर बियरिसमा झरेपछि बजारले नयाँ उचाइ लिन समय लागेको थियो। 

राष्ट्र बैंक नरम बन्दै

लगानीकर्ताले बढीमा १५ करोड रुपैयाँसम्म र संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने भएका छन्। सेयर कर्जामा व्यक्तिलाई १५ र संस्थालाई २० करोडको सीमा तोकेको हो।

यसअघि सबै सेयर कर्जामा १२ करोडको सीमा रहँदै आएकामा नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधनमार्फत उक्त सीमा बढाएको छ। 

यस्तो व्यवस्थापछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका अधिकारीकै बुझाई छ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सबै क्षेत्रमा प्रवाह गरेको ५ करोड रुपैयाँसम्मको कर्जा र होटल तथा रेस्टुरेन्ट, पशुपन्छीपालन, निर्माण शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिकरदैवी प्रकोपबाट प्रभावित परियोजनामा लगानीमा रहेको कर्जामा ०८० पुससम्म पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्न पाउने भएका छन्। 


प्रकाशित : शनिबार, कात्तिक ११ २०८००२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend