आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

घट्यो खसी च्याङ्ग्राको मूल्य

बुधबार, कात्तिक ८ २०८०
घट्यो खसी च्याङ्ग्राको मूल्य

व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गरेको बताए। अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा च्याङ्ग्राको परीक्षण गरेर ल्याएको बताए। 

काठमाडौं- भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन्।

दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन्। 

दसैँको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन्। दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा दुई सय ५० घटाएको उनले बताए। यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १ सय रूपैयाँमा बिक्री गरेको व्यापारी खड्काले बताए। 

बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो ९०० रुपैयाँ मा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए।

अर्का च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले यसवर्ष मूल्य बढेको भए पनि आजबाट मूल्य घटाएको बताए। उनले भने, ‘चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभइ प्रति गोटा ३५ हजारदेखि ४० हजारसम्म तिुर्न परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो।’ 

व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो ६ सय ५० रुपैयाँमा बिक्री गरेको बताए। अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा च्याङ्ग्राको परीक्षण गरेर ल्याएको बताए। 

च्याङ्ग्रा तयारी मासुको मूल्य पनि घटेको छ। सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ८ सयमा व्यापारीले बिक्री गर्दै आए पनि आजबाट दुई हजार ५ सयमा बिक्री गर्न थालेको व्यापारीले बताएका छन्।

उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ। व्यापारीहरुले खसी आजबाट प्रतिकिलो  ६०० रुपैयाँमा बिक्री गर्न थालेका छन्। यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक ८ २०८००९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend