आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कामना सेवा विकास बैंकको नाफा १८७.५८ प्रतिशत बढ्याे, अन्य सूचक कस्तो?

बुधबार, कात्तिक ८ २०८०
कामना सेवा विकास बैंकको नाफा १८७.५८ प्रतिशत बढ्याे, अन्य सूचक कस्तो?

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढाएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज उल्लेख्य घटेपछि बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशत र कुल सञ्चालन आम्दानी १।१७ प्रतिशत घटेको छ। त्यसैगरी बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ६२.८८ प्रतिशत घटेको छ। जसका कारण सञ्चालन नाफा २०३.३३ प्रतिशत बढ्न पुगेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ १४ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ५० पैसा बढेर १४ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको चुक्ता पूँजीमा कुनै परिर्वतन भएको छ। सो अवधिमा बैंकको जगेडा कोष ६.२० प्रतिशत बढेको छ भने निक्षेप २.५५ प्रतिशत बढेको छ। तर, बैंकको कर्जा तथा सापटी भने ०.७७ प्रतिशत घटेको छ।

प्रकाशित : बुधबार, कात्तिक ८ २०८००४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend