बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

स्मार्टफोन निर्माता साओमीले इलेक्ट्रिक कार ब्रान्डमा १० अर्ब डलर लगानी गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
स्मार्टफोन निर्माता साओमीले इलेक्ट्रिक कार ब्रान्डमा १० अर्ब डलर लगानी गर्ने

कम्पनीले इलेक्ट्रिक कारका लागि ‘साओमी इभी’ ब्रान्डमार्फत १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको हो। 

images
images

काठमाडौं- चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले इलेक्ट्रिक कार उत्पादनमा ठूलो पुँजी लगानी गर्ने भएको छ। कम्पनीले इलेक्ट्रिक कारका लागि ‘साओमी इभी’ ब्रान्डमार्फत १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको हो। 

images
images

साओमीले इलेक्ट्रिक कारका लागि सुरुमा १० अर्ब चिनियाँ युआन लगानी गर्ने र आगामी १० वर्षभित्र उक्त लगानीलाई १० अर्ब अमेरिकी डलर बनाउने लक्ष्य राखेको कम्पनीका सिइओ तथा सहसंस्थापक ली जुनले बताएको गाडीवाडीले लेखेको छ। 

images
images

सिइओ जुनले सवारीको भविष्य प्रदूषण रहित सवारीमा भएको भन्दै आफु त्यो सँग जुध्न तयार रहेको बताएका छन्। उद्यपी साओमीले हालसम्म प्रदूषण रहित सवारीको निश्चित डिजाइन भने सार्वजनिक गरेको छैन।

images
images

गत वर्ष साओमीले केही कन्सेप्ट डिजाइन सार्वजनिक गरेको थियो। साओमीले सेल्फ ड्राइभिङ प्रविधि समेत खरिद गरिसकेको छ। हाल साओमीको इभी परियोजनामा ५ सय भन्दा बढी मानिसले काम गरिरहेका छन्।

औपचारिक रुपमा नआएपनि साओमी इभी इंकले सुरुमा एसयुभी वा सेडान कार ल्याउने छ। जसको मूल्य १ लाखदेखि ३ लाख युआन हुने अनुमान गरिएको छ।  


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०७:२१
  • सम्बन्धित विषय:

  • # साओमी
  • # साओमी इलेक्ट्रिक
  • # साओमी इभी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend