आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

आज प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने, यस्तो छ रुट

images
मंगलबार, कात्तिक ७ २०८०
images
images
आज प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने, यस्तो छ रुट

बडा दसैंअन्तर्गत मंगलबार टीकाको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ। टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ।

images

काठमाडौं- बडा दसैंअन्तर्गत मंगलबार टीकाको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ।

images
images

टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ।

images
images

बस सेवा बिहान ८ः३० बजेबाट सुरू हुने छ। दुईवटा बसले सेवा दिने प्रहरीले जानकारी दिएको छ। बस दुईवटा रूटमा चल्ने छ।

images
images
images

रूट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथ हुँदै चल्ने छ।

दोस्रो रूट चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने छ। दुवै बस सेवा बिहान ८ः३० र अपराह्न ४ बजे गरी दुई सिफ्टमा सञ्चालन हुने छ।


प्रकाशित : मंगलबार, कात्तिक ७ २०८००१:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend