आइतबार, वैशाख १६ गते २०८१    
images
images

एक वर्षमा ५५ होटलमा १८ अर्ब रूपैयाँ लगानी, कुन होटलमा कति?

images
images
images
एक वर्षमा ५५ होटलमा १८ अर्ब रूपैयाँ लगानी, कुन होटलमा कति?

उद्योग विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा ५५ वटा होटलमा १८ अर्ब ८ करोड ९१ लाख रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा एक अर्ब रूपैयाँमाथिको लगानी प्रतिबद्धता पाँच वटा होटलमा आएको छ। 

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७९/८० मा होटलमा १८ अर्ब रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा ५५ वटा होटलमा १८ अर्ब ८ करोड ९१ लाख रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा एक अर्ब रूपैयाँमाथिको लगानी प्रतिबद्धता पाँच वटा होटलमा आएको छ। 

images
images
images

एक अर्ब रूपैयाँमाथिको लगानी प्रतिबद्धता भएका होटलहरूमा होटल ईष्टर्न नेपाल प्रालि, बुढानिलकण्ठ हेरिटेज लिमिटेड, आयुष्मान होटल्स लिमिटेड, मार्स हस्पिटालिटी ग्रुप प्रालि र साहसिक पर्यटकीय प्रोडक्ट र होटलसहितको जेबी एडभेन्चर प्रालि रहेको छ।

images

आयुष्मान होटल्स लिमिटेडमा २ अर्ब ५१ करोडको लगानी प्रतिबद्धता आएको छ। होटल ईष्टर्न नेपाल प्रालिमा १ अर्ब ६९ करोड र बुढानिलकण्ठ हेरिटेज लिमिटेडमा २ अर्ब ४० करोडको लगानी प्रतिबद्धता आएको छ। मार्स हस्पिटालिटी ग्रुप प्रालिमा १ अर्ब ३८ करोड रूपैयाँ लगानी प्रतिबद्धता रहेको छ।  साहसिक पर्यटकीय प्रोडक्ट र होटल सहितको जेबी एडभेन्चर प्रालिमा भने ३ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।

images

झापाको मेचीनगरमा २ अर्ब ५१ करोड रूपैयाँको लगानीमा आयुष्मान होटल बन्नेगरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुँरासमेत बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहने होटलमा तीन सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ। यो होटलमा व्यवसायी इन्द्रप्रसाद सुवेदीसहितको लगानी रहने छ।

images
images

यसैगरी काठमाडौंमा बुढानिलकण्ठमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानिलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिबद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुँरा बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागका अनुसार झापाको मेचीनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टर्न निर्माण हुनेगरि दर्ता भएको छ। होटल ईष्टर्नमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रूपैयाँको लगानी प्रतिबद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टर्न होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुँरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा शतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

साथै रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका मार्स हस्पिटालिटी ग्रुप प्रालिले होटल सञ्चालन गर्न लागेको हो। होटलमा १ अर्ब ३८ करोड २६ लाख रूपैयाँ लगानी हुनेछ। होटल २ सय बेड क्षमताको निर्माण हुने छ। होटलमा शत प्रतिशत स्वदेशी लगानी रहने छ।

यसैगरी ३ अर्ब रूपैयाँको लगानी प्रतिबद्धतामा काठमाडौं कीर्तिपुर-६ चोभारमा  साहसिक पर्यटकीय प्रोडक्टसहितको होटल बन्ने भएको छ। प्रालिले तीन अर्ब रूपैयाँको लगानीमा ४६ बेडको होटलसहितको संरचना बनाउने गरी उद्योग विभागमा दर्ता गराएको छ। होटलमा ६० सिट क्षमताको रेष्टुँरासमेत निर्माण हुने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।

दर्ता विवरणमा वार्षिक ५० हजारलाई बन्जी जम्प गराउने, ७० हजारलाई जिपलाइन गराउने, ७० हजारलाई नै स्विङ गराउने, ७० हजारलाई स्काई वाक तथा ग्लास ब्रिजको सेवा दिने, ७० हजारलाई नै स्काई साइकलिङ गराउने, ४० हजारलाई रकक्लाइमिङ गराउने र १ लाख बालबालिकालाई फनपार्कभित्रको मनोरञ्जन गराउने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागको दर्ता विवरणमा १ सय ५० जनालाई रोजगारीको अवसर दिने उल्लेख छ। सतप्रतिशत नै नेपाली लगानी रहने उद्योगमा ५ सय केभीए बिजुली खपत हुनेसमेत दर्ता विवरणमा उल्लेख छ।

कुन होटलमा कति लगानी?

१५ करोडको विदेशी लगानीमा काठमाडौंमा मारीय होटल तथा रेष्टुँरा निर्माण हुने भएको छ। ४५ बेड क्षमताको होटलमा १७२ सीट क्षमताको रेष्टुँरा रहने छ। साथै होटलमा ५९ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

यसैगरी २० करोडको लगानीमा युवान होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ। ५० बेड क्षमताको होटलमा ५५ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

साथै १५ करोड रूपैयाँको लगानीमा काठमाडौंमा नै सञ्चालन हुने गरी हुवालिन होटल एण्ड रेष्टुरेन्ट दर्ता भएको छ। होटलमा विदेशी लगानी रहनेछ। ४० बेड क्षमताको होटलमा ८५ जनाले रोजगारी पाउने छन्। यसैगरी ५ करोड ५० लाखको लगानीमा काठमाडौँमै  जिन मेन होटल प्रालि सञ्चालन हुने गरी दर्ता भएको छ। होटलमा २२ वेड रहेन छ।

यसैगरी मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रालिमा ३७ करोड, ग्राण्ड सेन्ट्रल होटल प्रालिमा ६० करोड र आजु होल्डिङ प्रालिमा ३० करोड लगानी प्रतिबद्धता आएको छ।

यसैगरी हाई मेई होटल एण्ड रेष्टुरेण्ट प्रालिमा २० करोड, होटल पञ्चावती प्रालिमा ३३ करोड, दोर्जेज् फार्म रिसोर्ट प्रालिमा ५५ करोड, लोन्नी चिकेन चप प्रालिमा ५ करोड, बन्दीपुर केवलकार एण्ड टुरीजम लिमिटेडमा ८६ करोड ४० लाख रूपैयाँ, प्लेजर नेपाल प्रालिमा २० करोड र मार्स हस्पिटालिटी ग्रुप प्रालिमा १ अर्ब ३८ करोड २६ लाख ५५ हजार रूपैयाँ लगानी प्रतिबद्धता आएको छ।     

चितवन बिजनेश कम्प्लेक्स होटल प्रालिमा ५० करोड, होटल लोटस गार्डेन इन प्रालिमा ५ करोड, ढाका हलाल रेष्टुरेण्ट प्रालिमा ५ करोड र होस्ट ईन्टरनेशनल होटल प्रालिमा पनि ५ करोड रपैयाँकै लगानी प्रतिबद्धता आएको छ।

hotel data .jpg

 

 

images

प्रकाशित : मंगलबार, कात्तिक ७ २०८००१:१२

प्रतिक्रिया दिनुहोस