शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

२२ अर्ब लगानीमा नवीकरणीय सौर्य उर्जा उत्पादनको तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
images
२२ अर्ब लगानीमा नवीकरणीय सौर्य उर्जा उत्पादनको तयारी

नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अहिले मोहियानी हक भएका, गैरमोही किसान तथा केही राजनीतिक आडमा जग्गा अतिक्रमण गरी बसेकाहरुले जग्गाको भोगाधिकार गरेबापत कुनै प्रकारको शुल्क र उत्पादन विश्व विद्यालयलाई दिने गरेका छैनन्।

images
images

देउखुरी- नेपाल संस्कृत विश्वविद्यालय दाङको जग्गामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ता दाङ आएका छन्। नेपाल संस्कृत विश्वविद्यालयको देउखुरीस्थित राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा रहेको जग्गामा सौर्य ऊर्जा उत्पादन गर्ने  लक्ष्यसहित परियोजना सञ्चालन गर्न विदेशी लगानीकर्ता जिल्लामा आएको हो।

images
images
images

नेपाल संस्कृत विश्वविद्यालय देउखुरी जग्गा सञ्चालक समितिले नयाँ परियोजना सम्बन्धमा बिहीबार दाङको घोराहीमा बृहत् छलफल कार्यक्रम गरेको छ। लामो समयदेखि विवादमा रहेको जग्गामा विदेशी लगानीसहितको परियोजना भित्रिन थालेपछि यसप्रति चासो बढेको छ।  

images
images

हालको समस्यालाई समाधान गरी एकीकृत रुपमा जग्गा उपयोगमा ल्याउन नयाँ परियोजना ल्याएर आम्दानीको स्रोत कायम गर्न विदेशी लगानीकर्तासँग सहकार्य गर्न विश्वविद्यालय अघि बढेको हो। विसं २०५९ यता नेपाल संस्कृत विश्वविद्यालयले देउखुरीको राजपुर, लमही र गढवा क्षेत्रमा रहेको एक हजार तीन सय ३६ बिघा जग्गाबाट आयस्ता पाउन सकेको छैन।

images
images

नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अहिले मोहियानी हक भएका, गैरमोही किसान तथा केही राजनीतिक आडमा जग्गा अतिक्रमण गरी बसेकाहरुले जग्गाको भोगाधिकार गरेबापत कुनै प्रकारको शुल्क र उत्पादन विश्व विद्यालयलाई दिने गरेका छैनन्।

उक्त जग्गामध्ये चार सय आठ बिघा जग्गामा मोही किसान रहेको नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका कुलसचिव माधव अधिकारीले जानकारी दिए। मोही किसानलाई चार सय आठ बिघा जग्गा दिएर बाँकी रहेको जग्गा विश्वविद्यालयले उपभोग गर्ने गरी फिर्ता ल्याउनका लागि पटक पटक प्रयास भए पनि सफल हुन नसकेपछि पछिल्लो समय एकीकृत रुपमा सबै जग्गा उपभोगमा ल्याउन विदेशी लगानीकर्तासँग सहकार्य गर्न कदम अघि बढाएको उनले बताए।

अधिकारीले विदेशी कम्पनीहरुको नजर विश्वविद्यालयको जग्गामा बढी परेको बताए। लटीनाथ कृषि कम्पनी, एनआएनएको टोली, विद्युत् उत्पादन कम्पनी लगायतले जग्गा खोज्दै सम्पर्कमा आएको उनको भनाइ छ। कम्पनीले दाङसहित पश्चिम क्षेत्रलाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा गर्न करिब २२ अर्ब लगानी गर्न इच्छुक देखिएको डोल्मा हिमालयन इनर्जी लिमिटेड युकेका लगानी व्यवस्थापक दीपेन्द्र श्रेष्ठले जानकारी दिए। उक्त परियोजनाबाट दुई सय ४५ डीसी क्षमतामा २० मेगावाट प्रति घण्टा ऊर्जा उत्पादन गरी सिधै ग्रिडमा जोड्ने योजना रहेको लगानी व्यवस्थापक श्रेष्ठले जानकारी दिए। यो परियोजना देशभर सञ्चालन गर्दै सात सय ५० मेगावाट सौर्य ऊर्जा उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने बताइएको छ।

कम्पनीले उत्पादन गरेको ऊर्जा नेपाल विद्युत् प्राविधिकरणले खरिद गर्ने प्रारम्भिक सहमतिसमेत भएको छ। जिल्लामा विदेशी लगानीसहितको परियोजना भित्र्याउन मन्त्रिपरिषद्बाट निर्णय भइ लगानी बोर्डले पनि कामको प्रक्रिया अघि बढाउन अनुमति प्रदान गरिसकेको परियोजनाका कानूनी विज्ञ चिरन्जीवी उपाध्यायले जानकारी दिए।

उनका अनुसार देउखुरीको राजपुरमा प्रारम्भिक अध्ययन भएको र सौर्य उत्पादनका लागि सोलार रेडियसनको राम्रो सम्भावना देखिएको छ। डोल्पा हिमालयन इनर्जी लिमिटेडले नेपालमा अस्पताल, नवीकरणीय ऊर्जा, फर्मासिटिकल, लजिष्टिक क्षेत्रमा लगानी गर्दै आएको डोल्मा हिमालयन इनर्जी लिमिटेडका परियोजना व्यवस्थापक विवेक रञ्जनले जानकारी दिए।

उनका अनुसार लगानी बोर्डबाट परियोजना सञ्चालनका लागि स्वीकृत भइसकेकाले स्थानीयस्तरमा कसरी अघि बढ्न सकिन्छ भनेर छलफल अघि बढाइएको बताइएको छ। परियोजना सञ्चालन गर्न नेपाल संस्कृत विश्वविद्यालयको करिब आठ सय बिघा जग्गा प्रयोग गर्ने गरी सहकार्य गर्न लागिएको हो।

विश्वविद्यालयले आफ्नो मातहतको जग्गालाई कसरी व्यवस्थापन गर्ने अधिकार भए पनि जग्गा उपभोग गर्दै आएका स्थानीय, राजनीतिक दलहरुको आडमा बसेका केही बिचौलियाको प्रभावका कारण  ठोस कदम चाल्न सकेको छैन। यो बेलामा विदेशी लगानीकर्ताले दाङमा सौर्य ऊर्जा उत्पादन गर्न यति धेरै जग्गा लिन खोजेपछि विश्वविद्यालयले स्थानीयावासी, स्थानीय सरकार, राजनीतिक दल, सरोकार निकायको धारणा बुझ्ने कोशिस गरेको छ।

बिहीबार सबैलाई एकै थलोमा राखेर नयाँ परियोजनाबारे जानकारी गराउँदै जग्गा उपभोगमा देखापरेको समस्याको गाँठो कसरी फुकाउन सकिन्छ भनेर राय सुझाव पनि लिइएको छ। बिहीबारको छलफलमा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रतिनिधिसभा सदस्य मेनका पोख्रेल, राजपुर, घोराही, तुलसीपुरका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, विश्वविद्यालयलाई जग्गा दान दिएका जग्गादाताका परिवार, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८०१०:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend