मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

मौद्रिक नीतिको अन्योलले दोधारमा लगानीकर्ता, सेयर कर्जाको निर्णय अन्तिम समयमा गर्ने तयारीमा राष्ट्र बैंक

images
सोमबार, मंसिर ६ २०७८
images
images
मौद्रिक नीतिको अन्योलले दोधारमा लगानीकर्ता, सेयर कर्जाको निर्णय अन्तिम समयमा गर्ने तयारीमा राष्ट्र बैंक
images
images

काठमाडौं- लगानीकर्ताको एक मात्रै झिनो आशमा रहेको मौद्रिक नीतिका विषयमा सञ्चार माध्यममा आएका विषयवस्तुले सेयर बजारमा तीव्र उतारचढाव हुने गरेको छ। गएको सातामा अन्तिम समयमा ओरालो झरेको सेयर बजार हिजो आइतबार केहि सुधार सहित बन्द भयो।

images
images

सञ्चार माध्यमले लगानीकर्ताको तर्फबाट सेयर धितोकर्जामा लगाउदैँ आएको ४/१२ को सीमा र सिडी रेसियोको विषयमा नेपाल राष्ट्र बैंकलाई बारम्वार सोध्न थाले पनि निर्देशकहरूले आफूखुसी जवाफ दिने गरेका छन्। 

images
images

सोमबार ७.९० अंकले बढेको बजार २७६५.४४ अंकमा पुगेको छ। भने कारोबार रकम ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। ९४ कम्पनीको सेयर बढ्दा ८४ कम्पनीको सेयर मूल्य घटेको छ। ८ कम्पनीको सेयर भने स्थिर रहेको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा खरिद बिक्री गरिरहेका लगानीकर्ताहरू जब सकारात्मक सूचना आउछ किन्न थाल्छन्। यदि नकारात्मक सूचना आयो भने बिक्री गर्न थाल्छन्। 

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितोकर्जाको विषयमा के कस्तो व्यवस्था ल्याउछ भन्ने अन्योलताले सेयर बजार तरङ्गित भइरहेको छ। यो बाहेक सेयर बजारलाई प्रभावित पार्ने तत्वहरू अहिले खासै देखिदैन। 

यहि अन्योलताले दोस्रो बजारको कारोबार रकम पनि ह्वात्तै घटिरहेको छ। कारोबार रकम धेरै नै कम देखिएकाले अन्तिममा सेयर बजार घटेर बन्द भएको छ। तर कतिपयका अनुसार लगानीकर्ताहरू डराउदै गर्दा ब्रोकरहरूले नै सेयर उठाइरहेका छन्। 

ब्रोकरहरूले बजार प्रभावित पार्ने खालका पोलिसीको लागि सुराकी राखेका हुन्छन्। भित्री सूचनाका आधारमा चल्ने नेपाल सेयर बजारमा पोलिसी आउनु भन्दा अगाडी नै प्रतिक्रिया देखिने गरेको छ।

नेपाल राष्ट्र बैंकले यहि कुरालाई मध्यनजर गर्दै मौद्रिक समिक्षा गर्नुभन्दा केही घण्टा अगाडि मात्रै यस विषयमा निर्णय गर्ने रणनीति बनाएको छ। 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend