शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

टेस्लाले उत्तर अमेरिकामा एउटै चार्जिङ नेटवर्क एनएसीएसमा नेतृत्व गर्दै, नेपालमा कसले र कहिले बनाउने 

images
सोमबार, कात्तिक ६ २०८०
images
टेस्लाले उत्तर अमेरिकामा एउटै चार्जिङ नेटवर्क एनएसीएसमा नेतृत्व गर्दै, नेपालमा कसले र कहिले बनाउने 

उत्तर अमेरिकामा जस्तै नेपालमा पनि एकै किसिमको चार्जिङ नेटवर्कको विकास हुन सक्यो भने उपभोक्तालाई धेरै सजिलो हुने र विद्युतीय सवारीको स्वीकार्यतासमेत बढ्ने छ। 

images
images

काठमाडौं- विद्युतीय कारको उत्पादन तथा बिक्री बढेसँगै चार्जिङ पूर्वाधार निर्माणमा उत्पादकहरु कम्मर कसेर लागेका छन्। सवारी उत्पादकदेखि चार्जिङ पूर्वाधकार मात्र बनाउने कम्पनीहरु पनि आउन थालेका छन्। विद्युतीय कारको चार्जिङ पोर्टमा एकरुपता पाइँदैन। कम्पनीहरुले आफ्नो अनुकूलता वा पेटेन्टका आधारमा चार्जिङ पोर्ट बनाएका छन्। 

images
images
images

चार्जिङ पूर्वाधार निर्माण गर्दा कमन पोर्ट बनाउनुपर्ने कुरा संसारभर नै उठिरहेको छ। तथापी कम्पनीहरुले आफ्नै प्राणालीको चार्जिङ पोर्ट बनाइरहेका छन्। सरकार र नियामक निकायले बनाउने चार्जिङ पोर्टहरु भने सबैजसोलाई मिल्नेगरि बनाइरहेका छन्। 

images
images

टेस्लाले उत्तर अमेरिकी क्षेत्रमा आफ्नै चार्जिङ स्ट्यान्डर्ड विकास गरिरहेको छ। टेस्लाले सुपरचार्जर नेटवर्कको विस्तारलाई तीव्रता दिएको छ। टेस्लाले उत्तर अमेरिकी क्षेत्रमा नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस) कनेक्टरको विकास गरिरहेको छ। यो चार्जिङ नेटकर्वमा जोडिन त्यस क्षेत्रमा सवारी उत्पादन तथा बिक्री गर्ने सबैजसो कम्पनीहरु तयार भइरहेका छन्। 

images
images

टेस्लाको सुपरचार्जर नेटवर्कअन्तर्गत आउन अमेरिकी सवारी उत्पादकहरु फोर्ड र जनरल मोटर तयार भइसकेका छन्। उनीहरुले टेस्लासँग सम्झौता गरिसकेका छन्। अमेरिकी कार उत्पादकमात्र होइन जर्मन तथा कोरियन कार उत्पादकहरु पनि टेस्लाको एनएसीएस नेटवर्कको हिस्सा बन्न तयार भइसकेका छन्। 

जर्मन कार उत्पादक कम्पनी फक्सवागनले पनि अमेरिका र क्यानडाका लागि विद्युतीय कार चार्ज गर्न एनएसीएसको नेटवर्कमा आफ्नो कार चार्ज गर्ने गरि टेस्लासँग सम्झौता गरेको छ। उक्त सम्झौता २०२५ बाट कार्यान्वयन आउने छ, अर्थात् उक्त समयबाट फक्सवागनले बनाएका विद्युतीय कार टेस्लाको सुपरचार्जरमा चार्ज गर्न पाइनेछ। 

फक्सवागनले उत्तर अमेरिकामा २०२५ पछि एनएसीएसमा जोडिने भए पनि कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएस) कनेक्टर भने बनाइनै रहने जनाएको छ। फक्सवागन ब्रान्डको मात्र नभइ यही समूह अन्तर्गतको अर्को ब्रान्ड अउडीले समेत उत्तर अमेरिकामा टेस्लाकै नेटवर्कमा चार्ज गर्ने गरि सहमति गरिसकेको छ। 

त्यस्तैगरि कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले समेत उत्तर अमेरिकामा बिक्री हुने विद्युतीय कारका लागि टेस्लाकै सुपरचार्जर नेटवर्कमा जोडिने तयार रहेको छ। सोहीअुनसार हाल टेस्ला र हुन्डाई मोटरबीच छलफल चलिरहेको छ। 

यसका साथै उत्तर अमेरिकी क्षेत्रमा विद्युतीय कार बिक्री गरिरहेका तथा योजना बनाएका अन्य कम्पनीहरु पनि टेस्लाको एनएसीएस नेटवर्कमा जोडिन छलफल गरिरहेका छन्। उत्तर अमेरिकासँग अन्य बजारमा पनि टेस्लाले आफ्नो चार्जिङ नेटवर्क बलियो बनाउने योजना बनाएको छ। 

संसारकै चर्चित विद्युतीय कार उत्पादक कम्पनी टेस्ला कार उत्पादनमा निकै आक्रामक छ। उसले चार्जिङ पूर्वाधार निर्माणसँग आफ्नो नेटवर्कमा अन्य कम्पनीका उत्पादनलाई समेत चार्जका लागि समाहित गर्दैछ। टेस्लाले विद्युतीय कार उत्पादनका लागि एसियाली बजारलाई समेत प्राथमिकतामा राखेको छ। 

हाल चीनको सांघाईमा गिगाफ्याक्ट्रीमार्फत कार उत्पादन गरिरहेको टेस्ला सम्भवतः आगामी वर्ष औपचारिक रुपमा भारत प्रवेश गर्नेछ। दुई साताअघि अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ एलन मस्कलाई भेटेका थिए। उक्त भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै मस्कले २०२४ मा टेस्ला औपचारिक रुपमा भारत प्रवेश गर्ने बताएका थिए। 

टेस्लाका विद्युतीय कार भारतमा बिक्रीका लागि आइनसकेको भए पनि नेपाली बजारमा भने बिक्री भइरहेको छ। नेपाली बजारमा टेस्लाका मोडल थ्री र मोडल वाई बिक्री भइरहेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटबाट महँगा विद्युतीय कारमा कर घटाइएपछि टेस्लाका विद्युतीय कारको मूल्यसमेत उल्लेख्य रुपमा घटेको छ।

नेपालमा पनि विद्युतीय कारको प्रयोग बढ्दै गएको छ। नेपालमा सीसीएसटू जीबीटी चाडेमोलगायत चार्जिङ पार्टयुक्त कार उपलब्ध छन्। उत्तर अमेरिकामा जस्तै नेपालमा पनि एकै किसिमको चार्जिङ नेटवर्कको विकास हुन सक्यो भने उपभोक्तालाई धेरै सजिलो हुने र विद्युतीय सवारीको स्वीकार्यतासमेत बढ्ने छ। 


प्रकाशित : सोमबार, कात्तिक ६ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend