शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

जाडो मौसममा विद्युतीय कारलाई यसरी सुरक्षित राख्नुस् 

images
मंगलबार, कात्तिक ७ २०८०
images
जाडो मौसममा विद्युतीय कारलाई यसरी सुरक्षित राख्नुस् 

विद्युतीय सवारीको हालसम्म ‘मास’ प्रयोग हुन सकेको छैन। यद्यपी विद्युतीय सवारी प्रयोगकर्ताको संख्या भने दिनदिनै बढ्दै गइरहेको छ। 

images
images

काठमाडौं- विद्युतीय सवारी मुलत: ब्याट्रीमा सञ्चित भएको विद्युतबाट चल्छ। विद्युतीय सवारीमा भएको ब्याट्रीलाई राम्रोसँग हेरचाह गरिएन र त्यसका लागि गर्नुपर्ने नियमित काम गरिएन भने ब्याट्रीको विद्युत सञ्चित क्षमतामा कमी आउँछ। 

images
images
images

जसका कारण ब्याट्रीले दिनुपर्ने जति रेन्ज दिँदैन र ब्याट्रीका सेलहरू फेर्नुपर्ने हुन्छ। अधिक तातो तथा चिसो दुवैले ब्याट्रीको तत्कालीन तथा दीर्घकालीन क्षमतामा ह्रास ल्याउन सक्छ। त्यसैले विद्युतीय सवारी प्रयोगकर्ताले आफ्नो सवारीलाई सकेसम्म सुरक्षित स्थानमा राख्नु पर्ने हुन्छ। 

images
images

हाल संसारभर विद्युतीय सवारीको उत्पादन तथा प्रयोग उल्लेख्य रुपमा बढ्दै गइरहेको छ। विद्युतीय सवारीको हालसम्म ‘मास’ प्रयोग हुन सकेको छैन। यद्यपी विद्युतीय सवारी प्रयोगकर्ताको संख्या भने दिनदिनै बढ्दै गइरहेको छ। 

images
images

पछिल्लो एक दशकयता विद्युतीय सवारीको स्वीकार्यतामा वृद्धि हुँदै आएको छ। सवारी उत्पादकहरूले विद्युतीय सवारीको नवीनतम् प्रविधिको विकासमा अर्बौं डलर लगानी गरिहेका छन्। शून्य प्रदूषणका लागि ब्याट्रीमा आधारित विद्युतीय सवारी नै हालसम्मका लागि अन्तिम विकल्पका रुपमा रहेको छ। यद्यपी ब्याट्रीको विकल्पका रुपमा हाइड्रोजनलगायतमा पनि अध्ययनहरू भइरहेका छन्। 

विद्युतीय सवारीमा लिथियम आयन ब्याट्री प्रयोग भइरहेको छ। यसको मुख्य कारण सञ्चित क्षमता धेरै हुनु, आफैले कम पावर खपत गर्नु, सेल्फ डिस्चार्ज रेट कम हुनु नै विद्युतीय सवारी उत्पादकको रोजाइमा लिथियम परेको हो। 

चिसोेले उक्त ब्याट्रीलाई तत्कालिन तथा दीर्घकालीन असर पर्छ। तत्कालीन असरका रुपमा रेन्जमा कमी आउँछ भने दीर्घकालीन असरमा ब्याट्रीको सञ्चित क्षमतामा कमी आउँदै जानेछ। चिसो मौसम हुने महिनाहरूमा ब्याट्रीको आन्तरिक क्षमतामा कमी आउँछ जसले पावर खपत बढाउने छ। त्यसैले विद्युतीय सवारी प्रयोगकर्ताले चिसो मौसममा यी विषयमा ध्यान दिए ब्याट्रीको क्षमता र आयु जोगाउन सहयोग पुग्नेछ। 

ईभी ग्यारेजमै पार्क गर्ने

विद्युतीय सवारीलाई सकेसम्म ग्यारेजमै पार्किङ गर्नुपर्छ। सडक छेउ वा खुल्ला स्थानमा पार्किङ गर्नु र ग्यारेजमा पार्किङ गर्नुले विद्युतीय सवारीमा ठूलै अन्तर देखिने छ। खुल्ला आकाशमा भन्दा ग्यारेजमा पार्किङ गर्दा केही तातो हुन्छ। जसले ब्याट्रीको सञ्चिति कम हुनबाट बचाउँछ। घरमा छाना भएको ठाउँमा पार्किङ गर्ने र अन्यत्र जाँदा पनि सकेसम्म खुल्ला स्थानमा पार्किङ गर्नु हुँदैन। 

बिहान कारलाई वामअप गर्ने

सबैजसो विद्युतीय कार मोबाइलमा आधारित एपबाट चलाउन सकिन्छ। बाहिर निस्कनु पूर्व सवारीलाई वामअप गर्नु राम्रो हुन्छ। कार चलाउनु पूर्व वामअप गरियो भने विद्युतीय कारमा भएको हिटर तात्ने छ र चलाउँदा पावरको खपत समान्य हुनेछ। त्यसो नगरि सिधै कार चलाउँदा पावरको खपत धेरै हुनेछ। विद्युतीय कार प्रयोगकर्ताले ब्याट्री र त्यसको क्षमता स्थिर बनाइराख्न यो गर्नु अनिवर्य नै हो। 

चिसो मौसममा सकेसम्म फास्ट चार्ज नगर्ने

लिथियम आयन ब्याट्रीको मुख्य सत्रुका रुपमा मौसमी अवस्थालाई लिइन्छ। चिसो अवस्थामा चार्जिङ ब्याट्री लिने विद्युत प्रवाहमा तलमाथि हुन सक्छ। बाहिर चार्ज गर्दा चिसो मौसममा बाह्य बढी चिसो हुने भएकाले फास्ट चार्ज नगर्नु नै विद्युतीय कारको ब्याट्री बचाउन सहयोगी हुनेछ। घरबाट निस्कँदा सँधै फुल चार्ज हुन्छ भन्ने होइन। उक्त अवस्थामा स्लो चार्ज गर्दा भने ब्याट्रीमा गर्ने असर कम हुने अध्ययनहरूले देखाएको छ। 

टायरको अवस्था राम्रोसँग हेर्ने 

सामान्य मौसममा गाडी पार्क गर्दा टायरमा जति हावा छ, त्यसमा १० डिग्री तपक्रम घट्दा एक पाउन्ड प्रतिवर्ग इन्च हावा प्राकृतिक रुपमै घट्छ। त्यसैले चिसो मौसम बढ्दै जाँदा टायरको प्रेसर घट्दै जान्छ। यस बारेमा सवारी खरिद गर्दा बिक्रेतासँग राम्रोसँग जानकारी लिएर खरिद गर्नुपर्छ। चिसो मौसममा कम्तिमा महिनाको एक पटक नियमित रुपमा टायरको प्रेसर जाँच गर्ने र लामो यात्रामा निस्कदाँ हरेक पटक जाँच गर्नुपर्छ। 

इको मोड लगाउने

परम्परागत कामजस्तो विद्युतीय कार पेट्रोलियम पदार्थबाट चल्दैन। ब्याट्रीमा सञ्चित भएको विद्युतबाट चल्ने भएकाले कारमा अतिरिक्त तामक्रम उत्पन्न हुँदैन। त्यसैले कारको व्याबिनमा थप तातो आउँदैन। चिसोमा विद्युतीय कार लिएर बाहिर निस्कँदा हिटर पूर्णरुपमा चलाउँनु हुँदैन। कार पूरै चिसो भएको हुने र पुर्ण रुपमा हिटर चलाउँदा ब्याट्रीको चार्ज एकदमै छिटो घट्छ। यो समस्या समाधान गर्न विद्युतीय कार प्रयोगकर्ताले आफ्नो कार इको मोडमा चलाउन सक्छन्। जसले ब्याट्री खपत कम गर्दै अधिकतम ताप दिनेछ। 

रिजेनेरेटिभ ब्रेकिङको प्रयोग गर्ने

विद्युतीय सवारीका लागि जुनसुकै मौसममा पनि रिजेनेरेटिभ ब्रेकिङ सिस्टमको प्रयोग लाभदायी नै हुन्छ। तथापी चिसो मौसममा ब्याट्रीको पर्फरमेन्टस र रेन्ज वृद्धिका लागि यो धेरै बढी प्रभावकारी देखिएको छ। चिसोमा रिजेनेरेटिभ ब्रेकिङ प्रयोग गर्नुको अर्को फाइदा पनि छ। त्यो हो ओसिलो सडकमा गाडी अनियन्त्रित हुने वा चिप्लने सम्भावना ज्यादै न्युन हुन्छ। यी सबै कुराले इन्टरनल कम्बस्चन इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कारको यात्रा थप सुरक्षित हुनेछ।


प्रकाशित : मंगलबार, कात्तिक ७ २०८०००:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend