आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

लुक्लादेखि एभरेस्ट भ्यू : तस्बिरमा एक यात्रा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ४ २०८०
images
लुक्लादेखि एभरेस्ट भ्यू : तस्बिरमा एक यात्रा
images
images

काठमाडौं- सोलुखुम्बुको नाम्चेले नेपाली पर्यटनको क्षेत्रमा फरक उचाइ बनाएको वर्षौं भइसक्यो। पहिले विदेशी पर्यटकले नै भरिभराउ हुने नाम्चे अहिले स्वदेशी पर्यटकका लागि समेत आकर्षक गन्तव्य बनिरहेको छ। हिमालको काखमा रहेको सुन्दर बस्ती, भिन्न भूगोलको अग्ला पहाड र मुस्कुराइरहेको हिमाल, सबै कुराले मनमोहक छ नाम्चे। 

images
images
images

नाम्चे पुग्न दुई वटा मात्रै विकल्प छन्। कि त हेलिकोप्टर कि त पैदल यात्रा नै। नाम्चे सगरमाथा ट्रेकिङ रुटको गन्तव्य हो। सगरमाथा ट्रेकिङमा जाने क्रममा सबैले यहाँ दुई रात बिताउँछन्। नाम्चेले काठमाडौंको ठमेलकै आभास दिने बजारसमेत विकास गरिसकेको छ।

images
images

जहाँ नजिकबाट सगरमाथा हेर्न बेसक्याम्प, कालापत्थर नै पुग्नुपर्छ भन्ने छैन। केही रकम खर्च गरेर नाम्चे भन्दा एक तह माथिको स्याङबोचेसम्म मात्रै जान सक्ने हो भने पनि सगरमाथालाई आँखै अगाडि हेर्न र क्यामेरामा कैद गर्न सजिलै सकिन्छ।

images
images

स्याङबोचेको ३ हजार ८ सय ८० मिटर उचाइबाट सगरमाथालाई नियाल्न सकिन्छ। यहाँ पुग्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोलखुम्बुमा रहेको  तेन्जिङ हिलारी (लुक्ला विमानस्थल) हवाई मार्गमार्फत जान सकिन्छ। लुक्ला विमानस्थल समुन्द्री सतहबाट २ हजार ८ सय ६० मिटर उचाइमा रहेको छ। यो विमानस्थल आफैमा एउटा पर्यटकलाई आकर्षित गर्ने गन्तव्य हो। 

लुक्लाबाट नाम्चे पुग्न दुई दिन पैदल यात्रा गर्नु पर्छ। लुक्लादेखि सगरमाथा आधार शिविरसम्म करिब ६२ किलोमिटरको दूरी पार गर्न पदयात्री सामान्यतया दुई साता लगाउँछन्। 

पहिलो दिन यात्री मोन्जो या फाक्दिङ भन्ने स्थानसम्म पुगेर बास बस्ने गर्छन्। पर्यटक र पदयात्रीले लुक्लादेखि फाक्दिङ या मोन्जोसम्म पुग्न ५-६ घन्टाको समय लाग्छ।

पदायात्रामा विश्वका पदयात्रीहरू ठेमलठेल गरेर हिँडेको देख्न पाइन्छ भने सामान बोक्ने भरियाका साथै खच्चड र चौरीको लामो लामले बाटो जाम नै गराउने दृष्य आकर्षक देखिन्छ।

फाक्दिङबाट उकालो लागेका पदयात्री ८-९ घण्टामा नाम्चे पुगिसक्छन्। नाम्चेसम्मको यात्राका लागि सबैभन्दा कठिन र रोमाञ्चक पदमार्ग नै फाक्दिङदेखि नाम्चेसम्मको हो।

तोपडाँडाबाट ३ हजार २ सय मिटर उचाइमा रहेको स्थान हो। तोपडाँडाबाट सगरमाथादेखि थामसेर्कु हिमालसमेत देख्न सकिन्छ। 

समुन्द्री सतहबाट ३ सय ४ सय ४० मिटर उचाइमा रहेको नाम्चे पुग्दा पर्यटक नरमाउने कुरै भएन। पर्यटक झम्के साँझमा नाम्चे बजार पुग्दा नाम्चे पनि झुम्न थालेको दृष्यले सबैलाई आकर्षित गर्छ। रातभर जागा बस्ने नाम्चे साँच्चै सुन्दर छ। काठमाडौं र पोखरामा मात्रै पर्यटकहरू डान्सबार र रेष्टुरेन्टमा रमाउँछन् भन्ने अनुमान नाम्चे पुग्दा जोकोहीको पनि तोडिने गर्दछ। 

नाम्चेको बसाइसँगै पदयात्री र पर्यटक पुग्ने अर्को गन्तव्य भनेको स्याङबोचेमा रहेको एभरेष्ट भ्यू होटल हो। नाम्चेबाट करिब एक घण्टाको उकालोपछि पुगिने स्याङ्बोचे विमानस्थल धुले विमानस्थल हो।

हेलिकोप्टरले कार्गो उडान गर्ने यस विमानस्थलमा सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट विभिन्न सामग्री ल्याइन्छ।

नाम्चेबाट २ घन्टाको उकालो हिँडेपछि ३ हजार ८ सय ८० मिटर उचाइमा रहेको एभरेष्ट भ्यू होटल पुग्न सकिन्छ। बिहानको सूर्योदय हेरेर कफीको चुस्की लिँदै ८ हजार ८ सय ४८ मिटर उचाइमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको दृष्य देख्न सकिन्छ। 

समय र खर्च

काठमाडौं- लुक्लाको हवाई भाडा एकतर्फी ५ हजार

होटलको रुम- १ हजारदेखि १५ सय

खाना खर्च- सादा खाना ४ सयदेखि ७ सय रुपैयाँसम्म

जम्मा लाग्ने खर्च- २० हजारदेखि ३० हजार रुपैयाँसम्म

समय ५ दिन

पहिलो दिन काठमाडौं- लुक्ला हुँदै फाक्दिङ बास

दोस्रो दिन फाक्दिङबाट नाम्चे

तेस्रो दिन नाम्चे वरपर घुम्ने र स्याङबोचेसम्म जाने

चौथो दिन-फर्केर पुनः फाक्दिङ आएर बस्ने

पाँचौं दिन लुक्लामा बस्ने वा काठमाडौं फर्कने

हेनुहोस् नाम्चे यात्राका तस्बिरहरू:

lukla solu (10).jpg
lukla solu (2).jpg
lukla solu (3).jpg
lukla solu (4).jpg
lukla solu (5).jpg
lukla solu (6).jpg
lukla solu (7).jpg
lukla solu (8).jpg
lukla solu (9).jpg
lukla solu (12).jpg
lukla solu (13).jpg
lukla solu (14).jpg
lukla solu (15).jpg
lukla solu (16).jpg
lukla solu (17).jpg
lukla solu (18).jpg
lukla solu (19).jpg
lukla solu (20).jpg
lukla solu (21).jpg
lukla solu (22).jpg
lukla solu (23).jpg
lukla solu (24).jpg
lukla solu (25).jpg
lukla solu (26).jpg
lukla solu (27).jpg
lukla solu (11).jpg


प्रकाशित : शनिबार, कात्तिक ४ २०८००४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend