शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

विद्युतीय कार कसरी सुरक्षित रुपमा चार्ज गर्ने?, ब्याट्रीको आयु बढाउने उपाय

images
आइतबार, कात्तिक ५ २०८०
images
विद्युतीय कार कसरी सुरक्षित रुपमा चार्ज गर्ने?, ब्याट्रीको आयु बढाउने उपाय

साथै विद्युतीय कारलाई थप सुरक्षित बनाउन ब्याट्री प्रविधि तथा ब्याट्री म्यानेजमेन्ट सिस्टममा सुधार ल्याउन रिसर्च एन्ड डेभलपमेन्टमा लगानी गरिनै रहेका छन्।

images
images

काठमाडौं- विद्युतीय सवारीको उत्पादन तथा प्रयोग संसारभर बढ्दै गइरहेको छ। शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिने विश्व नीतिअनुसार नै विद्युतीय सवारीको उत्पादन तथा प्रयोग बढाउन सरकारहरुले सहुलियत उपलब्ध गराइरहेका छन्। 

images
images
images

संसारभर विद्युतीय कारको लोकप्रियता बढ्दै गइरहेको छ। प्रदूषण नगर्ने र वातावरणलाई सकारात्मक प्रभाव पार्ने भएकाले यसको रोजाइ बढेको हो। यसका बीच विद्युतीय कार कति सुरक्षित हुन्छ भन्ने चासोसमेत त्यतिकै छ। विद्युतीय सवारी चार्ज गर्दा वा ब्याट्री तातेर हुनसक्ने आगलागीको जोखिमबारे पनि मानिसको चासो त्यति नै रहेको छ। 

images
images

तर सवारी उत्पादकहरुले आगलागी वा ब्याट्रीबाट हुनसक्ने जोखिम न्यूनीकरणमा उल्लेख्य सुधार गरिसकेका छन्। साथै विद्युतीय कारलाई थप सुरक्षित बनाउन ब्याट्री प्रविधि तथा ब्याट्री म्यानेजमेन्ट सिस्टममा सुधार ल्याउन रिसर्च एन्ड डेभलपमेन्टमा लगानी गरिनै रहेका छन्। 

images
images

उपलब्ध प्रविधिअनुसार विद्युतीय कार चार्ज गर्दा ध्यान पुर्‍याउनु पर्छ। चार्ज गर्दा ध्यान पुर्‍याउन सकिएन भने आगलागीदेखि अन्य जोखिम निम्तिन सक्छ। यस्तो जोखिमबाट बच्न निम्न सावधानी अपनाउन सकिन्छ : 

डेडिकेटेड चार्जिङ स्टेसनको प्रयोग

यो विद्युतीय कार सुरक्षित तवरले चार्ज गर्ने उपयुक्त उपाय हो। यस्तो डेडिकेटेड चार्जिङ स्टेसन चार्जकै लागि भनेर डिजाइन गरिएको हुन्छ। घरमा चार्ज गर्दा आभेर लोड हुने सम्भावना हुन्छ। तर चार्जिङ स्टेसनमा त्यस्तो जोखिम हुँदैन। डेडिकेटेड चार्जिङ स्टेसन नभएको अवस्थामा स्ट्यान्डर्ड एसी चार्ज प्रयोग गर्नुपर्छ। एसी चार्जरबाट चार्ज गर्दा सवारी चार्ज हुन भने अलि बढी समय लाग्छ। 

चार्जिङ स्टेसन सफा र भेन्टिलेटेड ठाउँमा राख्ने

चार्जिङ स्टेसन भएको स्थान सफा तथा भेन्टिलेटेड स्थानमा राखियो भने चापक्रम बढ्ने सम्भावना कम हुन्छ। चार्जिङ स्टेसनमा कम ज्वलनशिल पदार्थको प्रयोग गर्नुपर्छ। कम ज्वलनशील पदार्थ प्रयोग गर्दा सट सर्किटको सम्भावना समेत कम हुने वा जोखिम न्यून हुन्छ। 

ओभर चार्ज नगर्ने

विद्युतीय कार चार्जमा राखेर जथाभावी छोड्नु हुँदैन। यो विद्युतीय कारलाई सुरक्षित राख्ने र ब्याट्री लाइफ जोगाउने महत्वपूर्ण उपाय हो। रातिको समय वा चार्जमा राखेर लामोसमय बाहिर जाँदा ब्याट्री ड्यामेज हुने सम्भावना हुन्छ। त्यसैले चार्ज गर्दा चार्जिङ प्लक छुटाउने समयको समेत ख्याल गर्नुपर्छ। 

चिसो वा ओसिला अवस्थामा चार्ज नगर्ने

चिसो वा ओसिलो अवस्थामा सकेसम्म चार्ज नगर्ने गर्नुपर्छ। सार्वजनिक स्थानमा छाना बिनाको चार्जिङ स्टेसनमा पानी गरेका बेला चार्ज गर्नु हुँदैन। चिसो वा ओसिलो भएको ठाउँमा चार्ज गर्दा सट सर्किटको जोखिम पनि हुन्छ। विद्युतीय सवारी प्रयोगकर्ताले चार्ज गर्दा यी कुराहरुमा ध्यान दिनुपर्छ। 

ब्याट्रीको आयु जोगाउने ५ उपाय

विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीले कति किलोमिटर माइलेज दिन्छ भन्ने मात्र होइन त्यो चार्ज हुन कति समय लाग्छ भन्ने पनि महत्वपूर्ण हुन्छ। योभन्दा पनि अझ ब्याट्रीको आयु थप लम्ब्याउन प्रयोगकर्ताले त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। कार प्रयोगकर्ताले चार्ज गर्ने समय, ब्याट्री कति बेला चार्ज गर्नेलगायत विभिन्न कुरामा ध्यान दिनुपर्ने स्ल्यासगेयरले लेखेको छ। सोही प्लेटफर्ममा उल्लेखित विद्युतीय कारको ब्याट्री जोगाउने वा आयु लम्ब्याउने ५ चर्चित विधिबारे उल्लेख गरिएको छ। 

अधिक तापक्रमले ईभी ब्याट्रीमा गर्ने क्षति

तातो वा चिसो जेसुकै भएपनि अधिक हुनु विद्युतीय कारको ब्याट्रीका लागि लाभदायक हुँदैन। अधिक तापमानले विद्युतीय सवारीको चार्जिङ समय प्रभावित पार्छ। ब्याट्रीहरु चापमान संवेदनशील हुन्छन्। अधिक तातो वा चिसो मौसमले चार्ज गर्न लाग्ने समय, दिने रेन्ज तथा ब्याट्रीमा प्रभाव पार्छ।  

चिसो मौसममा ब्याट्रीको केमेस्ट्री बिग्रिने र रेन्ज घट्छ। एएएले गरेको एक परीक्षणअनुसार तपक्रम २० डिग्री फरेनहाइटमा आएमा कारको रेन्ज १२ प्रतिशत घट्छ। तातो पनि ब्याट्रीका लागि उपयुक्त होइन। केही तालो वातावरणले ब्याट्रीको उपादेयतामा वृद्धि गर्छ। तर धेरै तातो हुँदा पनि ब्याट्रीको आयु क्षयीकरणमा सहयोग गर्छ। तामक्रम बढेर ९५ डिग्री फरेनहाइटसम्म पुग्यो भने ब्याट्रीले दिने रेन्जमा ४ प्रतिशतसम्म गिरावट आउँछ।

चलाइमा पनि भर पर्छ ब्याट्रीको आयु

ब्याट्रीको लाइफ जोगाउन कार कसरी चलाइन्छ भन्ने कुरा निक्कै महत्वपूर्ण हुन्छ। ईभी चलाउनेहरुले सकेसम्म धेरै छिटो कार कुदाउनु हुन्न। यो चालकहरुका लागि चुनौतीको विषय हो, किनकी उनीहरुले पहिले चलाएको पेट्रोलियम कारको तुलनामा विद्युतीय कारको टर्क बढी हुन्छ। विद्युतीय कारमा एक्सिलेटर सहजै रुपमा बढ्ने गरि डिजाइन गरिएको हुन्छ। 

विद्युतीय कार स्पोर्टस कारकै डीएनएमा डिजाइन नगरिएको भएपनि ती स्पोर्टस कार सरह नै शक्तिशाली हुन्छन्। चालकका लागि स्पीडमा कार कुदाउन पाउनु आनन्दको विषय हो। तर यो विद्युतीय कारको ब्याट्रीका लागि यो हानिकारक छ। धेरै स्पीडमा कुदाउँदा अकस्मात ब्याट्रीको पावर डाउन हुन सक्छ। त्यसैले विद्युतीय कार शान्त गतिमा चलाउनु ब्याट्रीको आयु बढाउन योगदान पुग्छ। 

फास्ट चार्जिङलाई प्राथमिकता नदिने

विद्युतीय कारको ब्याट्री छिटो चार्ज गर्न सबैको ध्यान फास्ट चार्जिङमा जाने गरेको छ। स्वभाविक हो फस्ट चार्जिङमा चार्ज गर्दा ब्याट्री निक्कै छिटो चार्ज हुन्छ। जुन गतिमा ब्याट्री छिटो चार्ज हुन्छ त्यही गतिमा ब्याट्रीको क्षयीकरण हुने अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले गरेको अध्ययनले देखाएको छ। फास्ट चार्जिङबाट चार्ज गर्दा ब्याट्री क्रयाक हुने, लिक हुने तथा विद्युत स्टोर क्षमता घट्दै जाने अध्ययनको निष्कर्षमा उल्लेख छ। 

अध्ययनअनुसार ब्याट्रीको समग्र चार्जिङ साइकलमध्ये ४० प्रतिशत साइकल पुरा गरिसक्दा नियमित फस्ट चार्जरबाट चार्ज गर्ने ब्याट्रीको स्टोर क्षमता ६० प्रतिशतमा सीमित हुनेछ। त्यसैले आफ्नो कारको ब्याट्रीको आयु जोगाइराख्ने हो भने सकेसम्म एसी चार्जर (विस्तारै चार्ज हुने)बाटै चार्ज गर्नुपर्नेछ। 

सकेसम्म फुल चार्ज नगर्ने 

विद्युतीय कारको ब्याट्री फुल चार्ज (१०० प्रतिशत) गर्ने बानी हटाउनुपर्छ भन्दा यो प्रत्युत्पादन सुनिन सक्छ। तर कारको ब्याट्रीको आयु जोगाउने हो भने १०० प्रतिशत नभइन्जेल चार्ज गर्ने बानी हटाउनुपर्छ। फुल चार्ज गर्दा त्यसको चार्जिङ साइलकमा समस्या आउन सक्छ। विद्युतीय कार पूर्ण रेन्ज क्षमतामा नगुड्ने भएकाले १०० प्रतिशत चार्ज गर्ने बानी हटाउनुपर्छ। त्यसैले ७० देखि ८० प्रतिशत चार्ज भएपछि चार्ज अनप्लग गर्नु उपयुक्त हुन्छ। 

फुल चार्ज गर्दा ब्याट्री तात्ने सम्भावना धेरै हुने भएकाले ब्याट्रीको आयु क्षयीकरण बढ्न सक्छ। यसरी हुने तापले ब्याट्रीमा क्षति पुग्ने रिकरेन्टले गरेको अध्ययनले देखाएको छ। त्यसोभए ब्याट्री कति प्रतिशत चार्ज गर्ने त? ब्याट्रीको आयु लम्ब्याउने हो भने विद्युतीय कारको ब्याट्री २० देखि ८० प्रतिशत चार्जमा मेन्टेन गर्नु राम्रो हुन्छ। 

ब्याट्री उपयुक्त ढंगले स्टोर भएको छरछैन जाँच गर्ने

विद्युतीय कार प्रयोगकर्ताहरु कुनै कारणले बाहिर जाँदैछन् र कार थन्क्याएर राख्नुपर्ने अवस्था छ भने आफ्नो कारको ब्याट्री कुन अवस्थामा छ हेरेर जानुपर्छ। कारको ब्याट्रीको अवस्था ठीक छ भने त्यसको आयु बढाउन सहयोग पुग्छ। तर कार उत्पादकहरुले कार थन्क्याएर राख्दा ब्याट्रीको आयु घट्छ भन्ने कुरा इन्कार गर्दै आएका छन्। यद्यपी केही कार उत्पादकले भने पार्किङमा राख्दा ब्याट्रीको अवस्था हेरेर ठीक ढंगमा छैन भने मिलाउनु राम्रो हुने बताएका छन्।


प्रकाशित : आइतबार, कात्तिक ५ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend