आइतबार, मंसिर ९ गते २०८१    
images
images

अमेरिकाबाट वैदेशिक सहायता पाउने देश : सबैभन्दा धेरै अफगानिस्तानले पाउँदा नेपालले कति पायो?

भारत र चीनले पनि पाउँछन् अमेरिकी वैदेशिक सहायता 

images
बिहीबार , कात्तिक २ २०८०
images
images
अमेरिकाबाट वैदेशिक सहायता पाउने देश : सबैभन्दा धेरै अफगानिस्तानले पाउँदा नेपालले कति पायो?

अमेरिकाले संसारभर एउटै निकायमार्फत वैदेशिक सहायता दिँदै आएको छ। यूएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएड)मार्फत मात्र सहायता उपलब्ध गराउँदै आएको छ।

images
images

काठमाडौं- अमेरिका विश्वको सर्वशक्तिमान देश हो। पैसा र शक्तिका हिसाबले अमेरिकाले विश्वलाई नै नेतृत्व गरिरहेको छ। २०२१ मा अमेरिकाले विश्वका १ सय ५० देश, क्षेत्रीय कोष तथा एजीओज्लाई गरेर ५० अर्बं डलरभन्दा बढी दिएको हो। 

images
images
images

अमेरिकाले हरेक वर्ष विश्वका देशहरु, क्षेत्रीय कोष तथा गैरसरकारी संस्थालाई राष्ट्रिय सुरक्षा, व्यवसायिकता र मानवीय चासोका क्षेत्रमा लगानी गर्दै आएको छ। अमेरिकाले सबैभन्दा धेरै लगानी/अनुदान सुरक्षा चासोमा गर्दै आएको छ। 

images

अमेरिकाले संसारभर एउटै निकायमार्फत वैदेशिक सहायता दिँदै आएको छ। यूएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएड)मार्फत मात्र सहायता उपलब्ध गराउँदै आएको छ।  

images

२०२१ मा अमेरिकाले अफगानिस्तानलाई सबैभन्दा धेरै १ अर्ब ५० करोड डलर वैदेशिक सहायता दिएको थियो। यो रकम मानवीयताका क्षेत्रमा बढी खर्च भएको थियो। यूएसफ्याक्ट्सको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले लेखेको छ। त्यस्तै २०२१ मा अमेरिकाबाट धेरै वैदेशिक सहायता पाउने देशको दोस्रो नम्बरमा इथियोपिया रहेको छ। इथियोपियाले सो वर्ष अमेरिकाबाट १ अबए ४० करोड डलर पाएको थियो। यो सहायता मुख्य गरि आपत्कालिन खाद्य पूर्तिमा खर्च भएको थियो। 

अकेरिकाबाट धेरै वैदेशिक अनुदान पाउनेमा तेस्रो स्थानमा रहेको जोर्डनले २०२१ मा १ अर्ब ३० करोड डलर पाएको थियो। जोर्डनले यो रकम अमेरिकाबाट नगद पाएको थियो। जोर्डनपछि धेरै अमेरिकी वैदेशिक सहायता पाउने देशमा यमन रहेको छ। धेरै सहायता पाउने चौथो देश यमनले २०२१ मा १ अर्ब १० करोड डलर पाएको थियो। यमनले पाएको सहायता पनि आपत्कालिन खाद्यमा खर्च भएको थियो। 

त्यस्तै २०२१ मा दक्षिणी सुडानले अमेरिकाबाट १ अर्ब डलर वैदेशिक सहायता पाएको थियो। धेरै सहायता पाउने सूचीको पाँचौँ स्थानमा रहेको दक्षिणी सुडानले पाएको रकम आपत्कालिन खाद्य अन्तर्गत खर्च भएको थियो। धेरै अनुदान पाउने सूचीको छैटौँ स्थानमा प्रजातान्त्रिक गणतन्त्र कंगो रहेको छ। कंगोले २०२१ मा अमेरिकाबाट ८९ करोड १० लाख डलर पाएको र उक्त रकम आपत्कालिन खाद्यमा खर्चिएको थियो। 

अमेरिकाबाट धेरै अनुदान पाउने देशको सूचीमा सातौँ स्थानमा सिरिया छ। सिरियाले २०२१ मा अमेरिकाबाट ८४ करोड ४० लाख डलर पाएको र उक्त रकम मानवीय सहायतामा खर्च भएको थियो। सिरियापछि आठौँ स्थानमा नाइजेरिया रहेको छ। २०२१ मा नाइजेरियाले अमेरिकाबाट ८२ करोड ८० लाख डलर पाएको थियो र यो रकम ग्लोबल हेल्थ सप्लाइ चेन अन्तर्गत खर्च भएको थियो। 

अमेरिकाबाट धेरै वैदेशिक सहायता पाउने देशको सूचीमा नवौँ स्थानमा कोलोम्बिया रहेको छ। कोलोम्बियाले २०२१ मा अमेरिकाबाट ७६ करोड १० लाख डलर पाएको र यो रकम मुख्यगरि लागुऔषधविरुद्ध खर्च भएको थियो। सूचीको दशौँ स्थानमा सुडान रहेको छ। सुडानले अमेरिकाबाट २०२१ मा ६२ करोड डलर वैदेशिक सहायता पाएको थियो। यो रकम मुख्यगरि आपत्कालिन खाद्यमा खर्च भएको थियो। 

अमेरिकाबाट एसियाका धेरै देशले पनि वैदेशिक सहायता पाउने गरेका छन्। त्यसमा नेपालसहित नेपालका दुई छिमेकी भारत र चीनले पनि वैदेशिक सहायता पाएका छन्। 

२०२१ मा नेपालले अमेरिकाबाट १७ करोड ६९ लाख डलर वैदेशिक सहायता पाएको थियो। त्यस्तै सोही वर्ष छिमेकी भारतले ३३ करोड ९३ लाख डलर र चीनले ३४ करोड ९० लाख डलर वैदेशिक सहायता पाएका थिए। साथै क्यानडाले समेत २०२१ मा अमेरिकी सहायता पाएको थियो। २०२१ म क्यानडाले अमेरिकाबाट २६ करोड ५० लाख डलर वैदेशिक सहायता पाएको थियो। 

सर्वाधिक धेरै सहायता इजरायलमा 

दोस्रो विश्वयुद्ध यात अमेरिकाले विश्वभर ३७ खर्ब ५० अर्ब डलरभन्दा धेरै वैदेशिक सहायता बाँडिसकेको छ। १९४० यता इजरायलले अमेरिकाबाट ३ खर्ब डलरभन्दा धेरै वैदेशिक सहायता पाइसकेको छ।

१९४६ देखि २०२१ सम्म इजरायलले ३ खर्ब १२ अर्ब ५० करोड डलर, भियतनामले १ खर्ब ८४ अर्ब ५० करोड डलर, इजिप्टले १ खर्ब ८३ अर्ब ७० करोड डलर, अफगानिस्तानले १ खर्ब ५८ अर्ब ९० करोड डलर र लक्षिण कोरियाले १ खर्ब २० अर्ब ७० करोड डलर वैदेशिक सहायता पाएका छन्। 


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend