आइतबार, वैशाख २३ गते २०८१    
images
images

चक्रपथको दोस्रो खण्ड : कलंकी-बसुन्धाराको काम गर्न पनि आउन चाहिरहेको छैन चीन

काम सुरु हुन अझै १ वर्ष लाग्छ : सडक विभाग

images
images
images
चक्रपथको दोस्रो खण्ड : कलंकी-बसुन्धाराको काम गर्न पनि आउन चाहिरहेको छैन चीन

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डीपीआर) गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताए। अध्ययनका लागि अझै ६ महिना लाग्ने र अर्काे ६ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उनले बताए।

images
images

काठमाडौं- चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ। चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलंकी-बसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ।

images
images
images

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डीपीआर) गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताए। अध्ययनका लागि अझै ६ महिना लाग्ने र अर्काे ६ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उनले बताए। उनले भने, 'सबै तयारी सकाएर एक वर्षपछि मात्रै भौतिकरुपमा काम हुनेछ।'

images

चिनियाँले काम सुरु गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा जैसीले बताए। मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए। सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौंले काम गरिरहेको उनले जानकारी दिए।

images

चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने हो भने त्योभन्दा बाहिरको एक/एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो। बीचको लेनमा काम सुरु भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम सुरु गरिएको विभागले जनाएको छ।

images
images

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलंकीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो। ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो। 

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन। सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गर्ने तयारी गरिएको विभागले बताउँदै आएको छ।

चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन्। चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो। सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो।

सडकको बीचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई/दुई गरी जम्मा चार लेन रहेको छ। चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौं गरी दुवै जिल्लामा रहेको छ। दोस्रो खण्ड भने काठमाडौंमा मात्रै रहेको छ।

चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो। स्वयम्भु, महाराजगञ्जलगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलंकीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो।

सम्झौताअनुसार काम भएको भए अहिलेसम्म चक्रपथको कलंकी-बसुन्धारा खण्डको विस्तार आधाभन्दा बढी भइसक्थ्यो। तर चिनियाँ पक्षले कोभिड, ‘साइट क्लियर’ नभएकोलगायत बहानामा अहिलेसम्म काम सुरु गर्ने तयारी नै गरेको छैन। 

चीनले सुरुमा कोभिड भएको त्यसपछि साइट क्लियर नभएको बहानामा कम गर्न आएन। त्यसपछि चीनले सरकारलाई चक्रपथ विस्तारको कुनै पनि सूचना औपचारिक माध्यमबाट मात्र दिन दबाब दिइरहेको छ। त्यो भनेको चीनले विस्तारबारे केही नभन्न भनेको हो। चीनले परराष्ट्ररमार्फत अर्थ मन्त्रालय, सडक विभाग, अन्तर्गतको वैदेशिक समन्वय महाशाखा तथा आयोजनालाई चक्रपथ विस्तारको कुनै पनि सूचना नदिन पत्राचार नै गरेको थियो। 

दुई वर्षअघि नै सरकारले चिनियाँ पक्षलाई सडक विस्तारका लागि आउन आग्रह गरेको थियो। त्यतिबेला केही स्थानमा पोल हटाउन, जग्गाको मुआब्जा टुंगो लगाउन बाँकी थियो। चिनियाँ पक्षले त्यतिलाई आधार बनाएर साइट क्लियर नभइ नआउने स्पष्ट जिकिर गरेको र काम गर्न आउन पूर्ण रुपमा साइट क्लियर हुनुपर्ने सर्त राख्यो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले २०७७ कात्तिममा ४ महिनाभित्र साइट क्लियर गरिसक्न निर्देशन दिए। 

त्यहीअनुसार सडक विभागले विद्युत प्राधिकरणसँग समन्वय गरेर पोल हटाउनेदेखि महाराजगञ्जको जग्गा मुआब्जा टुंग्याउने कामसमेत रफ्तारमै सकायो। चार महिनामै नसकिए पनि ६/७ महिनामा साइट क्लियर त भयो तै पनि चिनियाँ पक्ष हालसम्म विस्तारको काम गर्न आएको छैन। 

पटक पटक चिनियाँ टोली काठमाडौं आएको थियो। चिनियाँ टोली काठमाडौं आएलगत्तै अर्थ र परराष्ट्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत मातहतका निकायलाई चक्रपथ विस्तारबारे कुनै प्रतिक्रिया नदिन आग्रह गरेको थियो। 

चिनियाँ टोली नेपाल आएपछि सडक विभागले साइट क्लियरन्सबारे अध्ययन गरेको थियो। चिनियाँ टोलीले साइट क्लियर भए/नभएको मात्र सोधेको छ। नेपाली पक्षलाई काम गर्ने अवस्था नभएको भन्दै दबाब दिइरहेको चीनले हालसम्म सडक विभागलाई डीपीआर नै दिएको छैन। 

कलंकीदेखि’धोवी खोलासम्मको ११.६ किलोमिटर सडक चीन सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको हो। तर चिनियाँ टोलीले साइट क्लियर नभएसम्म नआउने अडान राखेपछि डिजाइनको काम भएनभएको बरे नेपाली पक्ष जानकार छैन। 

यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड कोटेश्वर-कलंकी सडक ८ लेनमा विस्तार भइसकेको छ। जसको दूरी १०.३९ कीमी छ। यो सडक खण्ड २०७५ माघमा चीनले सरकारलाई हस्तान्तरण गरेको थियो।

हस्तारन्तरण कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो खण्ड (कलंकी-धोवी खोला) को निर्माण पनि चीनले गर्ने, पहिलो खण्डमा जस्तो गल्ती नहुने र दोस्रो खण्डको डीपीआर तयार भइरहेको बताएका थिए। 

सन् १९७७ मा चीन सरकारकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण भएको थियो। कोेटेश्वर-कलंकी सडक चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको हो। पहिलो खण्ड चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० मा विस्तार थालेको थियो। विस्तारको काम २०७३ माघसम्म सक्ने भनिए पनि २ वर्ष ढिलो गरि २०७५ माघमा हस्तान्तरण भएको थियो। 

चीन सरकारको अनुदानमा बन्ने भएकाले चक्रपथको डिजाइन, निर्माणलगायत सबै काम चिनियाँ कम्पनीले नै गर्छ। यसको वास्तविक लागतसमेत नेपाली पक्षले थाहा पाउँदैन। चीनले नेपालाई दिने अनुदानमा एकमुटमा देखाउने गरेको छ। 

images

प्रकाशित : सोमबार, कात्तिक ६ २०८००१:५४

प्रतिक्रिया दिनुहोस