बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बुधबार तोलामा १३ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

images
बुधबार, कात्तिक १ २०८०
images
images
बुधबार तोलामा १३ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

बुधबार सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेको छ।

images
images

काठमाडौं- यो साता दुई दिनमा ११ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार पुन: बढेको छ। 

images
images

आइतबार तोलामै दुई हजार ९ सय रूपैयाँले बढेर सोमबार प्रतितोला सात सय र मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १३ सय रूपैयाँले बढेको हो। 

images
images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार तोलामा ४५ रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार ३५ रूपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रूपैयाँ कायम छ।


प्रकाशित : बुधबार, कात्तिक १ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend