मंगलबार, वैशाख २५ गते २०८१    
images
images

शेर्पाको समूहको एकल स्वामित्वमा सञ्चालनको २५ वर्षपछि यती एयरलाइन्समा नयाँ साझेदार

आङ छिरिङ शेर्पाको बलमा बनेको यतीमा २५ वर्षपछि ४९ प्रतिशतको सेयर बिक्री

images
images
images
शेर्पाको समूहको एकल स्वामित्वमा सञ्चालनको २५ वर्षपछि यती एयरलाइन्समा नयाँ साझेदार

एसियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ७५ करोड रूपैयाँ लगानी गरेको छ। प्रतिकित्ता एक सय रूपैयाँको सेयरमा ७० रूपैयाँ प्रिमियमसमेत थप हुँदा १ अर्ब ७५ करोड रूपैयाँ लगानी एसियन लाइफ इन्स्योरेन्सले गरेको हो।

images
images

काठमाडौं- एकल स्वामित्वमा सञ्चालन गरेको २५ वर्षपछि अन्ततः यती एयरलाइन्सले साझेदार भित्र्याएको छ। त्यो पनि ४९ प्रतिशत सेयरसहित एसियन लाइफ इन्स्योरेन्स कम्पनी मंगलबारबाट औपचारिक रुपमा भित्रिएको छ। आब कम्पनीले सर्वसाधारणलाई समेत सेयर जारी गर्नेगरी कम्पनीको पूरै संरचना नयाँ ढंगले चलाउने गरि नयाँ साझेदार आएको हो। 

images
images
images

यती समूहको फ्ल्यागसिप कम्पनी यती एयरलाइन्स अहिलेसम्म एकल स्वामित्वमा थियो। 

images

यतीले साझेदारबाट रकम आएपछि तत्कालै ३ वटा एटीआर ७२ जहाज खरिद गर्ने योजनासमेत बनाएको छ। यतीले अहिले ५ वटा एटीआर ७२ जहाजमार्फत हवाई सेवा दिँदै आएको छ। विस्तारै १० वटा जहाज पुर्‍याउने योजना रहेको यती ग्रुपका अध्यक्ष सोनामा लाक्पा शेर्पाले बताउँदै आएका छन्।

images

उनले नयाँ लगानीकर्ता भित्र्याउँदै आमनागरिकहरूका लागिसमेत सेयर जारी गरेर अगाडि बढ्ने उद्घोष गरेका थिए। यस्तोमा अबको केही दिनमा नै एसियन लाइफ इन्स्योरेन्सले यतीको सेयर खरिदबापतको रकम भुक्तानी गर्नेलगायत सबै विषय टुंगिएको छ।

images
images

एसियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ७५ करोड रूपैयाँ लगानी गरेको छ। प्रतिकित्ता एक सय रूपैयाँको सेयरमा ७० रूपैयाँ प्रिमियमसमेत थप हुँदा १ अर्ब ७५ करोड रूपैयाँ लगानी एसियन लाइफ इन्स्योरेन्सले गरेको हो। 

आङ छिरिङ शेर्पाको बलले बनेको यती एयरलाइन्स

आङछिरिङ शेर्पाले सन् १९८८ मा आफ्नै दिदीको शेर्पा सोसाइटी कम्पनीको महाप्रबन्धकको रुपमा व्यवसाय सुरु गरेका थिए। केही समयपछि उनले दाजु लाक्पा सोनाम शेर्पासँग मिलेर थामसेर्कु ट्रेकिङ कम्पनी खोले। दाजुसँगै मिलेर केही समयपछि एयरलाइन्समा हात हाले।

सन् १९९८ मा सुरु भएको यती एयरलाइन्सले अहिले एक हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ। सुरुमा दाजुकै जिम्मामा एयरलाइन्स थियो। पछि दाजुले थामसेर्कु बाहेक सबै कम्पनीको जिम्मा भाइलाई दिए। 

यतीको स्थापनापछि उनले पछाडि फकेर हेर्नु परेन। उनले जोखिम मोलेर खोलेको हिमालय एयरलाइन्समा उनको ५१ प्रतिशत सेयर छ। विश्वमै चर्चित गोकर्ण रिसोर्टमा उनको लगानी छ। 

२०५५ सालमा यती एयरवेजको नाममा लाइसेन्स लिएर आन्तरिक उडान सुरु गरेको थियो। उडान सुरु भएको चार वर्षमै २०५९ मा यती एयरवेजको नाम परिवर्तन गरेर यती एयरलाइन्स बनाएको थियो। यती समूहले तत्कालिन मन्त्री प्रदिप ज्ञवाली २०६४ मा पर्यटन मन्त्री भएको समयमा फ्लाइ यतीको नाममा अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएको थियो। सोही वर्ष यती समूहले फ्लाइ यती र एयर अरेबियासँगको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो।

तर संयुक्त लगानी एक वर्ष पनि टिक्न सकेन। एयर अरेबिया यती समूहबाट बाहिरियो। सोही फ्लाइ यती नामको लाइसेन्स २०७१ मा परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएको थियो। त्यही लाइसेन्सबाटै तिव्बत एयरलाइन्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। जुन अहिलेसम्म पनि जारी छ।

यती समूहले २०६६ मा यती हंसको नाममा नयाँ लाइसेन्स लिएको थियो। जुन डोमिस्टक उडानका लागि थियो। पछि पुनः नाम परिवर्तन गरेर यती एयरलाइन्स डोमेस्टिकको नाम बनायो। सोही वर्ष भगिनी संस्था तारा एयर छुट्टै कम्पनी खडा गरेको थियो। अहिले पनि यती र तारा दुवै नामबाट आन्तरिक उडान गर्दै आएको छ। पछि २०६९ मा यती एयरलाइन्स डोमेस्टिकलाई परिवर्तन गरेर यती एयरलाइन्स मात्रै नाम राखिएको थियो। 

एयरलाइन्स खुल्दै, बन्द हुँदै गरेको अवस्थामा शेर्पाले आँट गरेर खोलेको यती एयरलाइन्स अहिले नेपालकै सफल निजी विमान कम्पनीमध्ये एक हो। यतीको सफलताको श्रेय उनैलाई जान्छ। उनले यतीकै अनुदानमा तारा एयर खोलेर ती विकट हिमाली र पहाडी क्षेत्रमा हवाई सेवा दिए, जहाँ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले समेत सेवा दिन सकेको छैन। 

चितवनको कसरा रिसोर्ट पनि शेर्पाले आफै सञ्चालन गरेका हुन्। सोलखुम्बुमा रहेको यती समूहको यती माउन्टेन होम चर्चित रिसोर्ट हो, जहाँ विदेशीहरु काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर कफी खान पुग्छन्। 

२०७५ फागुन १५ गते तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटना भएर आङछिरिङ शेर्पाको निधन भएको थियो। त्यसपछि भने चन्दा शेर्पाले  हेर्दै आएकी थिइन्। 

यती इन्सेन्टिभ भन्ने विदेशी एयरलाइन्सको जीएसए चलाउने कम्पनी शेर्पाकै स्वामित्वमा छ। यसले थाइल्यान्डको थाई लायन, कुवेतको वातानीय र मलेसियाको मालिन्दो एयरको जीएसए लिएको छ। लुम्बिनीमा होके रिसोर्ट यती समूहकै स्वामित्वमा छ। समूहले जहाँ जहाँ आफ्ना एयरलाइन्सले बढी उडान गर्छन्, त्यहाँ होटल तथा रिसोर्ट सञ्जाल विस्तार गरेका छन्।

सबैभन्दा चल्तीका पदयात्रा मार्गमा पनि आफ्नो होटल सञ्जाल फैलाएका छन्। सगरमाथा क्षेत्रमा यती माउन्टेनको सञ्जालअन्तर्गत ६ वटा होटल सञ्चालित छन्। अर्को चल्तीको पदयात्रा मार्ग अन्नपूर्ण क्षेत्रमा पनि केर एन्ड ड्वेनी नेपालका होटल सञ्जाल छन्। यो क्षेत्रमा पाँचवटा होटल छन्।

यस्ता पदयात्रा र हिमाल आरोहणको चाँजो मिलाउन थामशेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनीका अतिरिक्त यती एड्भेन्चर पनि सञ्चालित छ। कोरा टुर र यती होलिडेजका नामबाट ट्राभल एजेन्सी पनि चलिरहेका छन्। यती वर्ल्ड नामक होल्डिङ कम्पनी खडा गरेर त्यसैअन्तर्गत आफ्नो व्यवसायिक साम्राज्य संस्थागत गर्दै लगेका थिए। यती वर्ल्ड मातहत ३० वटा कम्पनी सञ्चालित छन्। 

आङछिरिङका तीन दाजुभाइमध्ये जेठादाजु लाक्पा सोनाम शेर्पा मात्र जीवित छन्। उनका कान्छाभाइ आङटेन्डीको हवाइ दुर्घटनामै परेर निधन भएको थियो। लाक्पा सोनाम आफैं पनि दुर्घटनाबाट बचेका हुन्। 

images

प्रकाशित : मंगलबार, असोज ३० २०८००१:३०

प्रतिक्रिया दिनुहोस