बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

एनआरएनएको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत

images
मंगलबार, असोज ३० २०८०
images
images
एनआरएनएको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले एनआरएनएको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलनमा अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

images
images
images

'युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ', मन्त्री महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिकरुपमा पूर्ण विकसित भइसकेका छन्। त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो। तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुक्ष्म चाहिन्छ।’

images

उनले आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्ने भन्दै अब यसमा गैरआवासी नेपालीहरु पनि जोडिनुपर्ने बताए।

images
images
images

सम्मेलनमा अर्थमन्त्री महतले लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा रहेको पनि बताए। मन्त्री महतले पर्यटन क्षेत्रमा पनि सम्भावना रहेको बताउँदै यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

‘अर्को क्षेत्र भनेको पर्यटन हो। यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किँदा सानो पुँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन्', उनले भने, 'उनीहरुले यहीँ सानो व्यवसाय सुरु गरिसकेका छन्। हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौँ। यसबाट उत्पादन बढाउने सरकारको योजना छ।’


प्रकाशित : मंगलबार, असोज ३० २०८०१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend