आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मूल्यवृद्धि एक वर्षयताकै उच्च, मसलाको मूल्य आकासियो

मंगलबार, असोज ३० २०८०
मूल्यवृद्धि एक वर्षयताकै उच्च, मसलाको मूल्य आकासियो

गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

काठमाडौं- नेपालको महँगी एक वर्ष वर्षयताकै उच्च देखिएको छ। चालु आर्थिक वर्षको भदौ महिनामा उपभोक्तामा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत कायम भएको छ।

जुन गत आर्थिक वर्ष असोज महिनायताकै उच्च मुद्रास्फीति दर हो। गत असोजमा उक्त मुद्रास्फीति ८.५ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशतमा मुद्रास्फीति सीमित गर्ने लक्ष्य राखे पनि लक्ष्यभन्दा बढी अर्थतन्त्रमा मूल्यवृद्धि देखिएको छ।

गत आर्थिक वर्षको यस अवधिमा पनि मुद्रास्फीति चापमा नै रहको थियो। चालु आर्थिक वर्ष पनि थप मूल्यवृद्धि हुँदा मुद्रास्फीति लक्ष्यभन्दा माथि पुगेको छ।

समीक्षा अवधिमा मरमसलाको उपभोक्ता मूल्य सूचकांक ४५.४६ प्रतिशतले पर्दा त्यसको समग्र असर मुद्रास्फीतिमा देखिएको हो। यस अविधिमा चिनी तथा चिनीजन्य वस्तुको मुद्रास्फीति १७.८६ प्रतिशत भएको छ। 

यस्तै तरकारीको १४.५१ प्रतिशत, खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत, रेष्टुरेन्ट होटलको १०.९७ प्रतिशतले मूल्यवृद्धि भएको छ। यस अवधिमा ध्यु तेलको मूल्यवृद्धि भने १३.०८ प्रतिशतले घटेको छ।

मनोरञ्जन तथा संस्कृति समूहको १५.५५ प्रतिशत, विविधि वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षातर्फ ९.१० प्रतिशत, घरायासी उपभोग्य वस्तुहरुको ८.११ प्रतिशत, फर्निसिङको ६.५९ प्रतिशतले मूल्यवृद्धि भएको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८०१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend