काठमाडौं- सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबार नेपाली बजारमा ९३ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको हो। सोमबारका लागि चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोृ छ। आइतबार चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।