बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

कुराभन्दा काम गर्न एनआरएनएहरूलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आग्रह 

images
मंगलबार, असोज ३० २०८०
images
कुराभन्दा काम गर्न एनआरएनएहरूलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आग्रह 

कुराभन्दा काम गर्न रुचाउने एक्सन ओरेन्टेड पुस्ताको  उदय भएकाले अब काम नै गर्नुपर्ने उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासयी नेपालीहरूलाई कुराभन्दा काम गर्न आग्रह गरेका छन्। 

images
images
images

‘एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान सुरु गरेको पनि २० वर्ष भएको र आफू पनि सुरुदेखि नै यो संस्थासँग जोडिएको उनले बताए। 

images
images

राजधानीमा आजदेखि सुरू भएको महाधिवेसनलाई सम्बोधन गर्दै ढकालले कुराभन्दा काम गर्नुपर्ने समय आएको बताए। 

images
images

‘हामीले विगतदेखि धेरै कुरा गरिसकेका छौँ र मलाई लाग्छ अब काम गर्ने बेला आएको छ। हामीले हामीले विगतदेखि गर्दै आएको भाषणको प्रतिफल मैले खासै पाएको छैन’ उनले भने,’अब भने हामीले यो दुई दशकको अवधिमा के गर्यौँ भनेर पनि सोच्नुपर्दछ। अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ। अब त्यसमा जाउँ भन्ने आजका दिनमा म यहाँहरु सबैमा आग्रह गर्दछु।’ 

कुराभन्दा काम गर्न रुचाउने एक्सन ओरेन्टेड पुस्ताको  उदय भएकाले अब काम नै गर्नुपर्ने उनको भनाइ छ। 

देशमा लगानीको वातावरण  भएकाले लगानी गर्न आग्रह गरेका छन्। 

‘होलान्, लगानीका लागि कतिपय बाधा व्यवधान पनि होलान् । तर ती पनि सबै हाम्रै माटोका उपज हुन्। त्यसका लागि सबै सँगै लडौँला, जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भनेर लागौँला। महासंघमा पनि हामीले वैदेशिक लगानी समन्वय शाखा स्थापना गरेका छौँ र अरु हिसाबले पनि हामी के सक्छौँ सहयोग गर्न सक्छौँ’ उनले भने। 


प्रकाशित : मंगलबार, असोज ३० २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend