आइतबार, वैशाख २३ गते २०८१    
images
images

सुरु भयो नेपालमा जिप मेरिडियनको डेलिभरी 

images
images
images
सुरु भयो नेपालमा जिप मेरिडियनको डेलिभरी 

जिपको ‘आइकनिक सेभेन-स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलईडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयूभी’को रुप दिएको छ। 

images
images

काठमाडौं- नेपालका लागि अमेरिकी एसयूभी ब्रान्ड जिपको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले आफ्नो सेभेन सिटर एसयूभी जिप मेरिडियनका डेलिभरी सुरु गरेको छ। जिपले काठमाडौं नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन तीन वटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो। 

images
images
images

जिप मेरिडियन लेजेन्डरी एसयूभी ब्रान्ड जिपको फोरबाईफोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयूभी हो। नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्र उपलब्ध हुनेछ जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ छ। यसको ‘नाइन-स्पिड अटोमेटिक ट्रान्समिसन’ले १ सय ६८ बीएचपी पावर र ३ सय ५० एनएम टर्क उत्पन्न गर्नेछ। यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक-टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोरबाईफोर सिस्टम’ रहेको छ।

images

‘जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट-फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ,’ एमएडब्लू लाइफका सीईओ जोजु जोस थट्टिलले भने, ‘पछिल्ला केही वर्षमा नेपाली अटो बजार सुस्त भए पनि जिपले नेपालमा आफ्नो विक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौँ। देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भए पनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौँ।’

images

जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ। जिपको ‘आइकनिक सेभेन-स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलईडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयूभी’को रुप दिएको छ। 

images
images

मेरिडियनमा जिपको ‘यु-कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभिटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल-जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका विशेषता छन्। 

साथै सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘ईएससी’, ‘हिल-स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता विशेषता छन्।

images

प्रकाशित : मंगलबार, असोज ३० २०८०१०:५०

प्रतिक्रिया दिनुहोस