बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

हुवावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर-बी नेटवर्क जोड्ने 

images
मंगलबार, असोज ३० २०८०
images
images
हुवावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर-बी नेटवर्क जोड्ने 

पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्नेछन्।

images
images

बेइजिङ- चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेसन लिमिटेड (चाइना मोबाइल) र हुवावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मो) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर-बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन्। 

images
images
images

हुवावे एफटीटीआर-बी (फाइबर-टू-द-रुम बिजनेस) समाधानमा आधारित चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा-गिगाबिट प्रिमियम वाईफाई सेवाहरू प्रदान गर्नेछ।

images

समुन्द्री सतहबाट ५,२०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेसन ब्यूरोमा लग्नुपर्छ। कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो। हाई-स्पीड एफटीटीआर-बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ। जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्नेछन्।

images
images
images

यसका अतिरिक्त, एफटीटीआर-बीको स्थापना समुद्री सतहबाट ४२०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखिएकोे छ। विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक-इन प्रणालीमा सुस्तता समय-समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरुको इन्टरनेटको पहुचमा असर गरेको थियो। एफटीटीआर-बी स्थापनापछि होटलका ३०० पाहुनारूले एकै समयमा उच्च-गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन्।

एफएटीटी-बी चीनमा साना र मध्यम आकारका उद्यमहरू (एसएमईएस) को लागि अल्ट्रा-गिगाबिट सबै-अप्टिकल नेटवर्किङ प्रदान गर्न चाइना मोबाइल र हुवावेद्वारा संयुक्त रूपमा सुरु गरिएको हो। यो प्रविधि व्यापक रूपमा होटल र पसलहरूमा प्रयोग गरिने गरेको छ। हुवावे एफटीटीआर- बी डिभाइसहरूमा लचिलो ट्रिपल-मोड एन्टेनाहरू छन् र भित्री क्षेत्रहरूमा पूर्ण वाईफाई कभरेज प्रदान गर्न छत वा भित्ताहरूमा सजिलै स्थापना गर्न सकिन्छ जसले प्रयोगकर्ताहरूलाई सबै ठाउमा प्रिमियम नेटवर्क अनुभवको आनन्द दिलाउँछ। यस प्रविधिले सिग्नलहरू प्रसारण गर्न र एकै समयमा उपकरणहरूमा पावर आपूर्ति गर्न कठिन शक्ति अधिग्रहणको समस्याहरू समाधान गर्न पावर ओभर फाइबर (पीओएफ) केबलहरू प्रयोग गर्दछ। 

थप रूपमा वीएफटीटीआर एपले व्यवस्थापन कार्यालय र होटलहरूमा आइटी कर्मचारीहरूको लागि नेटवर्क टोपोलोजी व्यवस्थापन, एक-क्लिक नेटवर्क अप्टिमाइजेसन, र सेल्फ-सर्भिस नेटवर्क कन्फिगरेसन जस्ता कार्यहरू प्रदान गर्दछ भने अप्रेशन र मेन्टेनेन्स (ओएनयम) कार्यभार समेत घटाउँछ। चाइना मोबाइलका अप्रेशन र मेन्टेनेन्स इन्जिनियरहरूले यस एपको प्रयोग गरेर अप्रेशन र मेन्टेनेन्स दक्षता सुधार गर्दै नेटवर्क समस्याहरू पत्ता लगाएर समस्या समाधान गर्न सक्छन्।

२०२४ मा, चाइना मोबाइलले आरोही आधार शिविरमा एफटीटीआर-बी समाधान विस्तार गर्न हुवावेसँग काम गर्नेछ। यसले पर्वतारोहीहरू विश्वको उच्च ठाउमा जानेक्रममा गीगाबिट नेटवर्कको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८००७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend