आइतबार, मंसिर ९ गते २०८१    
images
images

अर्थशास्त्रीहरू भन्छन् - शिथिलतालाई संकटको प्रचार गरेर नीतिगत दोहनको दाउ

images
मंगलबार, असोज ३० २०८०
images
images
अर्थशास्त्रीहरू भन्छन् - शिथिलतालाई संकटको प्रचार गरेर नीतिगत दोहनको दाउ

लामो समयदेखिको संरचनागत समस्या तथा पछिल्लो समयका केही नीतिगत अस्वाभाविक मुभका कारण केही समस्या सिर्जना भए पनि समस्या संकटकै स्तरमा नझरेको उनीकरुको तर्क रहेको छ। 

images
images

काठमाडौं- अर्थशास्त्रीहरूले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति मन्थन कार्यक्रमअन्तर्गतको छलफलमा बोल्दै उनीहरूले अर्थतन्त्र केही शिथिल भए पनि संकटमा नरहेको बताएका हुन्। 

images
images
images

संरचनागत समस्याका कारणले अर्थतन्त्रको लय राम्रो नभए पनि संकटमै परेको जस्तो नभएको उनीहरूले बताएका छन्। पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, पूर्वअर्थसचिव डा रामेश्वर खनाल र डा विश्वास गौचनले अर्थतन्त्रमा संकट नभएको तर संकटको प्रचार गरिएको बताएका हुन्। 

images

लामो समयदेखिको संरचनागत समस्या तथा पछिल्लो समयका केही नीतिगत अस्वाभाविक मुभका कारणले केही समस्या सिर्जना भए पनि समस्या संकटकै स्तरमा नझरेको उनीकरुको तर्क छ।

images

पूर्वअर्थसचिव तथा अर्थशास्त्री डा रामेश्वर खनालले कोभिडको समयमा लिएको चाहिनेभन्दा लचिलो र कोभिडपछिको चाहिनेभन्दा कडा मौद्रिक नीतिले अहिलेको समस्या सिर्जना गरेको बताए।

Screenshot 2023-10-17 at 11.54.52.png

अर्थतन्त्रमा २४ प्रतिशतको हिस्सा हुने कृषि क्षेत्रलाई अहिलेको शिथिलताले नछुने, त्यसमा आश्रित मानिस समस्या नभएकाले यसलाई ठूलै मन्दीको नाम दिन नमिल्ने उनको भनाइ छ।

पछिल्लो समयको बैंकिङ स्रोतको परिचालनको केन्द्र घर जग्गाजस्ता क्षेत्रमा धेरै भएको तर यसले प्रतिफल वृद्धिदरभन्दा पनि अर्थतन्त्रमा बेलुन बनाएको उनको भनाइ छ। ‘अर्थतन्त्र भनिएजस्तो मन्दीमा गएको म मान्दिन। अत्याधिक वित्तीयकरणले अर्थतन्त्रमा बेलुन बन्छ र कुनै बिन्दुमा गएर फुट्छ। हाम्रोमा फुटेन। सेयर बजारमा स्वत: करेक्सन आयो तर रियलस्टेटमा भने जग्गाको भाउ नै घटेन र मान्छेहरुले अझै होल्ड गरिरहेका छन्। सम्भावित करेक्सन रोक्नका लागि पनि अहिलेको संकटको प्रचार गरिएको छ’, उनले भने।

संकटको प्रचार गरेर नीति निर्माता तथा सरकारलाई प्रभावित बनाएर फेरि स्रोतको परिचालन सहज बनाउन सकिएमा नोक्सानी न्यून हुने तप्काले निराशाको प्रचार गरेको उनको तर्क छ।

आर्थिक वर्ष २०७९/८० को विचलनकारी बजेट, मौद्रिक नीतिको अस्वाभाविक मुभजस्ता कारणले बजारलाई केही सुस्त बनाए पनि संकटमा नरहेको र यो सामान्यीकरण हुने उनको भनाइ छ। यद्यपि अर्थतन्त्रमा लगानी ल्याउने, उत्पादन बढाउने र सार्वजनिक वित्तमा सुशासन कायम गर्नुपर्ने मुख्य सुधार भने थाँती रहेको उनले बताए।

अर्थशास्त्री डा विश्वास गौचनले पनि अहिलेको अवस्था संकटकै भन्न नमिल्ने बताए। छलफलमा भाग लिँदै उनले अर्थतन्त्रमा विशेषगरी जग्गाको अधिक मौद्रीकरण भएको र उत्पादन नबढेको सत्य भएको उनको भनाइ छ। 

स्रोतको परिचालनबाट आर्थिक वृद्धिमा योगदान नभएपछि हुनुपर्ने करेक्सनको बाटोमा अर्थतन्त्र हिँडेको उनको भनाइ छ। यही करेक्सन रोक्नका लागि संकटको प्रचार गरिएको हुनसक्ने उनको भनाइ छ। 

‘नकारात्मक अवस्था चित्रण गरेर नीतिगत दोहन गर्नेहरू बढी नै सक्रिए भएका जस्तो देखिन्छ। निराशा त्यति पनि छैन जति हल्ला गरिएको छ। तथ्यांकले त्यस्तो भन्दैनन्। अवस्था गम्भीर छ भनेर प्रभावित पारेर फेरि त्यही विचलनकारी स्रोतको विस्तारलाई निरन्तरता दिने ध्याउन्नमा एउटा समूह रहेको देखिन्छ’, उनले भने। 

पूर्वअर्थमन्त्री खतिवडाले भने अर्थतन्त्रमा समस्या भएको कुरा सरकारले नै देखाइरहेको बताए। अर्थतन्त्र सुधारका लागि आयोग बनाउने भन्ने कुराबाट नै सरकारकै आत्मविश्वास गुमेको प्रष्ट हुने उनको भनाइ छ। 

अर्थतन्त्र रिकभरीमा नभए पनि संकटको अवस्था नभएको उनको भनाइ छ। ‘हामी अहिले नै रिकभरीमा गएका छैनौँ। प्रोपर्टी मार्केट अहिले नै शिथिल नै देखिएको छ। घर जग्गामा अधिक वित्तीय वित्तीयकरण भयो। त्यसले ल्याउने असर वृद्धिमा नभएर प्रोपर्टी बजारको बबलमा भएमा खतरा हुन्छ जुन अहिले भएको छ’, उनले भने। 

घर जग्गा व्यापारको मुख्य लागत ब्याजदर हो। अर्थतन्त्रका अन्य कुनै पनि समस्याले यसलाई छुँदैन। त्यसैले अहिले ब्याजदरको कुरा प्रबल भएको उनको भनाइ छ। यद्यपि ब्याजदर अधिक न्यून र अधिक भएको उनले बताए। 

‘अधिक वित्तीयकरणको प्रतिफल वृद्धिमा नभएर प्रोपर्टी बजारमा भएमा समस्या हुन्छ जुन अहिले भएको छ। प्रोपर्टी बजारको लागत भनेकै ब्याजदर हो। व्यवसायको बर्डन नै ब्याजदर भएकाले उनीहरूले त्यही कुरा गरेका छन्। मिडिया उनीहरूले कब्जा गरेका छन् र सामाजिक सञ्जालमा पनि उनीहरूले प्रभाव पार्छन्। त्यसैले गर्दा संकट नै हो कि जस्तो सबैलाई लागेको छ’, उनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विषयमा छलफल गर्नेगरि सोमबारदेखि काठमाडौंमा नीति मन्थन आयोजना गरेको थियो। आज सम्पन्न हुने उक्त मन्थनमा विभिन्न क्षेत्रका विज्ञहरूले छलफल गरिरहेका छन्। देशभरको स्थलगत भ्रमणपछि विज्ञहरूसँग छलफल आयोजना गरिएको पार्टीले जानकारी दिएको छ। 


प्रकाशित : मंगलबार, असोज ३० २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend