बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

images
मंगलबार, असोज ३० २०८०
images
images
आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

मंगलबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ। यो साता आइतबार एकैदिन दुई हजार ९ सय रूपैयाँले बढेर सोमबार प्रतितोला सात सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको हो। 

images
images

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

आइतबार तोलामा ४५ रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : मंगलबार, असोज ३० २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend