बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

दसैँमा दुग्धजन्य पदार्थमा सहुलियत

images
सोमबार, असोज २९ २०८०
images
images
दसैँमा दुग्धजन्य पदार्थमा सहुलियत

दूधमा दुई रूपैयाँ छुटको व्यवस्था गरिएको छ भने दहीमा २० रूपैयाँ र पनिर आधा केजीमा ५० रूपैयाँसम्म छुट व्यवस्था गरिएको छ।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बडादसैँ, तिहार र छठ पर्वलक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ।

images
images
images

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा बेदुराम भुसालले नजिकिँदै गरेका पर्वहरूका अवसरमा आम उपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिए।

images

संस्थानबाट उत्पादित दूधमा दुई रूपैयाँ छुटसहित प्रतिलिटर ९५ रुपैयाँ, दहीमा २० रूपैयाँ छुटसहित प्रतिलिटर एक सय ७० रूपैयाँ, पनिर आधा केजीमा ५० रूपैयाँ छुटसहित ४५० रूपैयाँ तथा नौनी र घ्यूमा प्रतिकेजी एक सय रूपैयाँ छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रूपैँयाका दरले चाडपर्व लक्षित मूल्य कायम गरिएको छ।

images
images
images

यसैगरी मन्त्रालयले चाडपर्वलक्षित पशुपक्षी तथा पशुजन्य बजार, खाद्य तथा दाना पदार्थसँग सम्बद्ध बजार र मासुजन्य चौपायाको बजार अनुगमन तथा प्राविधिक परीक्षण गरिरहेको स्पष्ट गरेको छ।

सो अवसरमा मन्त्री डा भुसालले मुलुकभरका दुग्ध किसानले पाउनुपर्ने रकम एक महिनाभित्र भुक्तानी दिन दुग्धजन्य कारोबारमा संलग्न सबै संस्था एवं व्यवसायीलाई कडाइका साथ निर्देशन दिइसकेको जानकारी दिँदै स्वदेशी कृषकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई राहत, सहुलियत र अनुगमनका पक्षमा समग्र राज्य संयन्त्र क्रियाशील भइरहेको स्पष्ट पारे। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend