सोमबार, जेठ ७ गते २०८१    
images
images

नेपाल टेलिकमको दसैँ अफर : सहुलियत दरमा अनलिमिटेड डाटा र भ्वाइस प्याक, अन्य के-के छन् सुविधा?

images
आइतबार, असोज २८ २०८०
images
images
नेपाल टेलिकमको दसैँ अफर : सहुलियत दरमा अनलिमिटेड डाटा र भ्वाइस प्याक, अन्य के-के छन् सुविधा?

टेलिकमका ग्राहकले ७ सय ८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सक्नेछन्। एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दासमेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले दसैँका लागि नयाँ अफर सार्वजनिक गरेको छ। दसैँ अफरअन्तर्गत कम्पनीका ग्राहकहरुका लागि सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ।

images
images
images

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ।

images

त्यसैगरी ९८ रूपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १ सय ९९ रूपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २ सय ९४ रूपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३ सय ९९ रूपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ।

images
images

यस्तै ७ सय ८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ।

images
images

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिकरुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दासमेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ। यसअनुसार दुईसय रूपैयाँदेखि ४ सय ९९ रूपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ। पाँच सय र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ।

सजिलो अनलिमिटेड प्याकेजअन्तर्गतको दर पनि टेलिकमले घटाएको छ। यसअघि १ हजार ४ सय ९९ रूपैयाँ पर्ने सजिलो अनलिमिटेड प्याकेज पनि अबदेखि १ हजार १ सय ९९ रूपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ।

यस अफरअन्तर्गत अनलिमिटेड अल-नेट भ्वाइस कल, १००० वटा अल-नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ। यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ। पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ। 

टेलिकमका अनुसार आजदेखि लागु हुने यो अफर आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ। टेलिकमका ग्राहकले आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सक्नेछन्। 


प्रकाशित : आइतबार, असोज २८ २०८००६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend