शनिबार, असोज १३ गते २०८०    

जुन एयरलाइन्सको जहाजले सामान बोक्छ उसले किन पाउँदैन ढुवानी ठेक्का?

images
जुन एयरलाइन्सको जहाजले सामान बोक्छ उसले किन पाउँदैन ढुवानी ठेक्का?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोट विमानस्थलमा १० हजार क्विन्टल खाद्यान्न ढुवानीका लागि भन्दै साउन ४ गते टेन्डर गरेको थियो। 

images

काठमाडौं- दसैँअघि नै हुम्लामा चामल लगायतका खाद्यवस्तु लैजान भनी गरिएको टेन्डर प्रक्रियामा सेटिङ हुँदा समयमै ढुवानी हुन सकेको छैन। 

images

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोट विमानस्थलमा १० हजार क्विन्टल खाद्यान्न ढुवानीका लागि भन्दै साउन ४ गते टेन्डर गरेको थियो। 

images

कम्पनीले ४ करोड रुपैयाँभन्दा बढी घोटाला गर्ने गरी टेन्डरमा सेटिङ गरी श्रीर्मिका एयर कार्गोलाई छनोट गरेसँगै ढुवानी प्रक्रिया रोकिएको छ।

images

ढुवानीका लागि कम्पनी छनोटमा सेटिङ भएको भन्दै सार्वजनिक खरिद पुनरावलोनक समिति असोजमै उजुरी परेको थियो। उजुरी परेपछि कात्तिक ४ गते समितिले कम्पनी छनोट गर्दा मूल्यांकनमा कमजोरी भएको भन्दै पुन: मूल्यांकन गर्ने निर्देशन दिएको थियो।

images

निर्देशन पछि पनि खाद्य व्यापार कम्पनीले पुन: बढी रकम कबुल गर्ने कम्पनी श्रीर्मिका कार्गो नै छनोट गरी सम्झौताका लागि बोलाएको थियो।

कम्पनीले कात्तिक १७ गते पुनः श्रीर्मिका नै छनोट गर्दै सूचना जारी गरेको थियो। तर उक्त छनोटमा पनि सेटिङ भएको भन्दै टेन्डरमा सहभागी समिट एयरले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। 

रिटउपर पाटन उच्च अदालतले मंसिर २ गते तत्काल ढुवानी प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि ढुवानी नै रोकिएको छ। यस विषयमा अदालतले दुई पक्षलाई मंसिर १२ गतेका लागि छलफलमा बोलाएको छ।

सामान बोक्ने सिता, टेन्डर पाउने श्रीर्मिका

खाद्यान्न ढुवानीका लागि टेन्डरमा ४ वटा कम्पनी सहभागी भएका थिए। सहभागी मध्ये सबैभन्दा कम रकम कबुल गर्ने सिता एयर रहेका छ। तर कम्पनीले सबैभन्दा बढी रकम कबुल गर्ने श्रीर्मिका एयर छनोट गरिरहेको छ।

टेन्डर हुँदा एयरलाइन्स कम्पनी तथा कार्गो कम्पनीले भाग लिने पाउने सर्त राखिएको थियो। टेन्डर सर्तमा कार्गो कम्पनीले सहभागी हुँदा एउटा एयरलाइन्स कम्पनीको सहमति पत्र लिनु पर्ने उल्लेख थियो। सोहीअनुसार श्रीर्मिका कार्गोले सिता एयरको जहाजबाट सामान ढुवानी गर्ने गरी सिता एयरको सहमति पत्र राखेको छ। 

तर खाद्य व्यापार कम्पनीले भने श्रीर्मिका कार्गोले ठेक्का पाएको अवस्थामा सिता एयरले नै सामान बोक्ने थाह हुँदा हुँदै ४ करोड भन्दा बढी आर्थिक हिनामिनाका लागि सितालाई पन्छाएर कार्गो कम्पनीलाई नै ठेक्का दिन लागेको हो।

श्रीर्मिकाको ठाएँमा सितालाई ठेक्का दिँदा खाद्य व्यापार कम्पनीको ४ करोड रुपैयाँ बचा हुन्छ। अर्को सिता एयरलाई ठेक्का दिएको भए दसैं अगाडि नै हुम्लामा खाद्यान्न पुग्ने थियो। 

सिता एयरले सुर्खेतबाट हुम्ला प्रतिकिलो ६३ रुपैयाँ र नेपालगञ्जबाट हुम्ला ७८ रुपैयाँमा सामान ढुवानी गर्ने गरी टेन्डरमा सहभागी भएको थियो।

यो नै टेन्डर सहभागी अन्य कम्पनीको भन्दा कम रकम हो। सबैभन्दा बढी श्रीर्मिका कार्गोले सुर्खेतबाट प्रतिकिलो १ सय ५ र नेपालगञ्जबाट १ सय १२ रुपैयाँ कबुल गरेको थियो। 

समीटले सुर्खेतबाट प्रतिकिलो ९७ र नेपालगञ्जबाट ८९ रुपैयाँ कबुल गरेको थियो। तारा एयरको सुर्खेतबाट हुम्ला ७८ रुपैयाँ ९० पैसा र नेपालगञ्जबाट १ सय १० रुपैयाँ कबुल थियो।

१० हजार क्वीन्टल सामान ढुवानीमा  ४ करोड घोटाला

सुर्खेतबाट ६ लाख क्विन्टल सामान ढुवानीका लागि सिताले प्रतिकिलो ६३ रुपैयाँ कबुल गरेको थियो। यही दरमा सुर्खेततबाट हुम्लाको सिमीकोट विमानस्थलमा ६ लाख केजी सामान लैजान ३ करोड ७८ लाख रुपैयाँ भए पुग्थ्यो।

तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकेजी १ सय ५ रुपैयाँ कबुल गर्ने श्रीर्मिका कार्गोका लागि टेन्डर दिँदै ६ करोड ३ लाख खर्च गने खोजेको हो। सीतालाई दिँदा कम्पनीलाई  २ करोड ५२ लाख  रुपैयाँ सस्तो पर्थो।

यसैगरी नेपालगञ्जबाट सिमीकोट विमानस्थलमा ४ हजार क्विन्टल सामान लैजान सिता एयरले प्रतिकेजी ७८ रुपैयाँ कबुल गरेको थियो। यो दरमा सामान ढुवानी गर्दा ३ करोड १२ लाख रुपैयाँ खर्च हुने थियो।

तर कम्पनीले सबैभन्दा बढी रकम कबुल गर्ने श्रीर्मिकालाई नेपालगञ्जबाट सिमीकोट सामान ढुवानीमा प्रतिकिलो १ सय १२ रुपैयाँमा दिने भएको हो। यसबाट ४ लाख  केजी सामान ढुवानी गर्दा  ४ करोड ४८ लाख रुपैयाँ खर्च हुन्छ। यो रकम सिता एयरले कबुल गरेको रकम भन्दा १ करोड ३६ लाख रुपैयाँले बढी हो।

श्रीर्मिकालाई कसरी पाएको थियो ढुवानी ठेक्का

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटमा खाद्यवस्तु ढुवानीका लागि गरेको टेन्डरमा  विचौलिया छिराउने खेल सुरुवात समय देखि नै गरेको थियो।

कम्पनीले पहिलो पटक साउन ४ गते भदौ १३ गतेसम्मको समय राखेर टेन्डर गरेको थियो। तर, टेन्डर सूचनामा हवाई सेवा प्रदायक कम्पनीहरू भ्याटमा जानु नपर्ने भए पनि कम्पनीले कुनै एक कार्गो कम्पनीलाई लक्षित गरेर उक्त सर्त राखेर टेन्डर गरेको थियो।

उक्त विषय कानुन विपरित भएको र हवाई सेवा कम्पनीलाई टेन्डर प्रक्रियाबाट आउट गर्नेगरी सर्त राखेको भन्दै केही वायुसेवा कम्पनीहरूले सर्त संशोधन गर्न पत्राचार गरेको थियो।

तर खाद्य कम्पनीले कुनै चासो नदिएपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले संस्थागत निर्णय गरेर भ्याटमा दर्ता हुनु पर्ने सर्त संशोधन गर्न अपिल गरेको थियो।

उक्त अपिलपछि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर भएको हुने हुने भन्दै भदौ ४ गते टेन्डर सर्त संशोधन गरिएको थियो।

साथै उक्त संशोधनमा पुनः ३ आर्थिक वर्षमा दुर्गम, पहाडी तथा हिमाली जिल्लामा १२ करोड रुपैयाँ बराबरको काग्र्रो ढुवानी भएको संस्थागत भुक्तानीको विवरणको बैंक स्टेटमेन्ट र तोकिए बमोजिमको कार्य सम्पन्न गरेको बोलपत्र पेश गर्नुपर्ने सर्त थपिएको थियो।

तर टेन्डर डकुमेन्ट खरिद गर्न पुगेको २ वटा एयरलाइन्स कम्पनीलाई निजी क्षेत्रको कार्गो ढुवानी गरेको रकमलाई मान्यता नदिने र सरकारी सामान खरिद गरेको ढुवानीको रकमलाई मात्रै मान्यता दिने भन्दै  डकुमेन्ट खरिद गर्न दिइएन।

तर त्यसमा विरोध भयो। कम्पनीले अन्नत नीजी क्षेत्र तथा सरकारी जुनसुकै कम्पनीको कार्गो ढुवानीको रकमलाई मान्यता दिने भनि सिफिारिस भएपछि व्यवसायीले टेन्डर डकुमेन्ट खरिद गरेका थिए।

भदौ १३ गतेसम्म ३ वटा कम्पनी तारा एयर, समिट एयर र श्रीर्मिका कार्गो कम्पनीले टेन्डर डकुमेन्ट खरिद गरे। बोलपत्र खरिद गर्ने समय पनि १३ गतेसम्म मात्रै थियो।

बोलपत्र खरिद गरेको २ वटा कम्पनी समिट र तारा एयरले टेन्डर सूचनाका आधारमा भदौ १५ गते १२ बजे भित्र नै बोलपत्र दाखिल गरे। तर, बोलपत्र खरिद गर्ने श्रीर्मिका काग्रोले भने उक्त दिन बोलपत्र खरिद गरेपनि दाखिला गरेन।

दाखिला नगर्नुको एउटै मात्रै रहस्य थियो। उसले भने अनुसारको डकुमेन्ट बनाउन सकेको थिएन। तर, २ वटा कम्पनीले भने बोलपत्र दाखिला गरे। बोलपत्र दाखिला गर्ने अन्तिम समयसम्म समय थप भएको थिए। सोही अनुसार बोलपत्र दाखिला गर्ने व्यवसायी २ बजे बोलपत्र खोल्ने समयमै कार्यालयमा पुगे।

तर उक्त समयमा बोलपत्र खोल्ने काम भएन। कम्पनीले जवाफ दियो,‘हामी छलफलमा छौं तपाईहरूलाई जानकारी दिन्छौं।’ तर व्यवसायीले आजै बोलपत्र खोलिनु पर्छ भनेर विरोध गरिरहे। तर बोलपत्र खुलेन।

अन्तत पुनः केही वायुसेवा कम्पनी तथा कार्गो कम्पनीले समय थप गरेर २१ गते भदौ सम्म बोलपत्र खरिद गर्ने र २२ गते १२ गतेसम्म दाखिला गर्ने र २ बजे बोलपत्र खोल्न गरी समय थप भएको छ। तर कम्पनीले भने जस्तौ कसैको पनि समय थपका लागि पत्राचार भएको थिएन। यसरी टेन्डर श्रीर्मिका कार्गोलाई मात्रै पार्ने गरी चलखेल भइरहेको  थियो।

उक्त निर्णयको विरोधमा वायुसेवा सञ्चालन संघ तथा बोलपत्र दाखिला गर्ने हवाई सेवा कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए।

उनीहरूले समय भित्रै बोलपत्र दाखिला गर्ने कम्पनीबीच प्रतिस्पर्धा गराउनु पर्ने माग गरेका गरेका थिए। गत वर्ष भएको ढुवानी टेन्डर पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको टेन्डर  श्रीर्मिका कार्गोले चलखेल गरेर टेन्डर पारेको थियो।

कार्गाोले सिता एयरका कर्मचारीको मिलोमतमा गत वर्षको ढुवानी टेन्डर पारेको थियो। गत वर्ष सिताले टेन्डरमा आफूले बोलकबल गरेको रकम पहिले नै उसलाई जानकारी गराएको थियो र सोही अनुसार बोलकबोल रकम राखेर टेन्डर पारेको थियो।

अहिले पनि श्रीर्मिका कार्गोसँग सिताका कर्मचारीसँग मिलेर टेन्डर पार्ने खेल गरेको थियो र सफल भएका छन्।

गत वर्ष पनि श्रीर्मिकाले सिता एयरको जहाजमा सामान बोक्दा प्रतिकेजी ८५ रुपैयाँ देखि ९० रुपैयाँ तिरेको थियो भने टेन्डर प्रतिकेजी १ सय ७ रुपैयाँका दरले पारेको थियो। यसरी प्रतिकेजी २२ रुपैयाँसम्म कमिसन खाएको श्रीर्मिकाले पुनः त्यही गर्न खोजेको व्यवसायीहरूको छ।

images

प्रकाशित : सोमबार, मंसिर ६ २०७८११:४३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ