आइतबार, वैशाख २३ गते २०८१    
images
images

इसुजुले पूर्ण विद्युतीय पिकअप ल्याउने

images
images
images
इसुजुले पूर्ण विद्युतीय पिकअप ल्याउने

हाल विश्वको पिकअप बजारमा इसुजुको बजार हिस्सा करिब ४० प्रतिशत रहेको छ। विद्युतीय पिकअप आएसँगै यो हिस्सा अझै बढ्ने अनुमान छ। 

images
images

काठमाडौं- जापानी सवारी उत्पादक कम्पनी इसुजुले विद्युतीय पिकअप ल्याउने भएको छ। सबैजसो ठूला सवारी उत्पादकले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिइरहेका बेला इसुजुले पनि विद्युतीय पिकअप ल्याउने घोषणा गरेको हो। 

images
images
images

इसुजुको विद्युतीय पिकअप २०२५ मा बजारमा आउनेछ। कम्पनीले यो घोषणा हालै थाइल्यान्डमा डी म्याक्सको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने क्रममा गरेको हो। इसुजुले सार्वजनिक गर्ने पहिलो विद्युतीय पिकअप युरोपेली बजारमा जाने र त्यसलगत्तै अन्य देशहरुमा बिक्रीका लागि जाने छ। 

images

इसुजुको विद्युतीय पिकअप पनि थाइल्यान्डमै बन्ने भएको छ। इसुजुको चर्चित पिकअप डी म्याक्सकै रुममा पहिलो विद्युतीय पिकअप बन्ने छ। इसुजुको अहिलेकै प्लेटफर्ममा विद्युतीय पिकअप तयार हुनेछ। 

images

इसुजुले विद्युतीय पिकअप ल्याउने घोषणामात्र गरेकाले यसबारे अन्य डिटेल बताइसकेको छैन। यसको डिटेल २०२४ मा आउने र २०२५ मा इसुजुको विद्युतीय पिकअप बजारमा देख्न पाइनेछ।

images
images

कार्बन उत्सर्जन न्यून गर्न इसुजु पनि प्रतिबद्ध रहेको र सोहीअनुरुप कम्पनीले विद्युतीय पिकअप ल्याउने तय भएको इसुजुका प्रमुख तथा सीओओ शिनसुके मिनामीले थाइल्यान्डमा डी म्याक्स फेसलिफ्ट सार्वजनिक गर्ने क्रममा बताएका थिए।

हाल विश्वको पिकअप बजारमा इसुजुको बजार हिस्सा करिब ४० प्रतिशत रहेको छ। विद्युतीय पिकअप आएसँगै यो हिस्सा अझै बढ्ने अनुमान गरिएको छ। 

इसुजुका आईसी इन्जिनयुक्त पिकअप नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। कन्टिनेन्टल ट्रेडिङ प्रालिले उपलब्ध गराएको उच्च गुणस्तरीय इसुजुका पिकअप नेपाल बजारमा लोकप्रिय रहेका छन्। अफ रोडका लागि उपयुक्त भएको र उपयुक्त मूल्यमा अत्याधुनिक विशेषतायुक्त भएकाले इसुजुका पिकअप धेरैको रोजाइमा पर्दै आएको छ। 

images

प्रकाशित : आइतबार, असोज २८ २०८००६:०८

प्रतिक्रिया दिनुहोस