बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

उद्योगमा होल्ड भएको चिनी सरकारलाई दिन व्यवसायी सहमत, पहिलो चरणमा १ हजार टन बजार पठाउने तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
images
images
उद्योगमा होल्ड भएको चिनी सरकारलाई दिन व्यवसायी सहमत, पहिलो चरणमा १ हजार टन बजार पठाउने तयारी
images
images

काठमाडौं- वेभरेज कम्पनीहरूले एडभान्स दिएर उद्योगमा स्टक राखेको चिनी अन्तत: सरकारले खरिद गर्ने भएको छ। सरकारले खरिद गर्दै साल्ट ट्रेडिङमार्फत बजारमा चिनी पठाउने तयारी भएको हो।

images
images
images

व्यवसायीले ५ हजार टन चिनी दिन तयार भएका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका अनुसार व्यवसायीले चरण-चरण गरि चिनी दिन सहमत भएका हुन्। जसमा पहिले चरणमा १ हजार चिनी दिन तयार भएका हुन्। 

images

पहिलो चरणकाे चिनी आइतबारदेखि नै बजार पठाउने तयारी भएको छ। 

images
images
images

पहिलो चरणको चिनी बढी अभाव देखिएको काठमाडौं र पोखरामा सरकारी व्यापार कम्पनीमार्फत सहुलियत दरमा बिक्री हुने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको सहभागीमा मंगलबार वेभरेज कम्पनी र चिनी उद्योगीहरूसँग मन्त्रालयमा छलफल भएको थियो। छलफलमा मन्त्री रिजाललले जनताले चाडपर्वमा चिनी नपाएको भन्दै सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका थिए।

मन्त्री रिजालले उद्योगमा स्टक रहने र जनताले चिनी नपाउने अवस्था आएमा सरकारले चिनीमा हस्तक्षेप गर्ने बताउँदै व्यवसायीलाई आग्रह गरेका थिए। मन्त्रीको आग्रहलाई स्वीकार गर्दै वेभरेज कम्पनीले एडभान्स दिएर राखेको सबै परिमाण दिन नसक्ने तर बजार अभाव थेग्न सक्ने गरी चिनी दिने प्रतिबद्धता गरेका थिए। सोहीअनुसार व्यवसायी चिनी दिन तयार भएका हुन।

वेभरेज कम्पनीहरूले एभरेष्ट र हिमाल चिनी उद्योगमा एडभान्स दिएर राखेको केही चिनी उठाइसकेको बताएका थिए। १२ हजार मेट्रिक टन जति चिनी बाँकी रहेको र त्यसको केही परिमाण सरकारलाई दिने उनीहरूले बताएका थिए।

अहिले काठमाडौं उपत्यकामा मात्रै चिनी अभाव रहेको र वेभरेज कम्पनीहरूले ५ हजार मेट्रिक टन चिनी दिएमा दसैँमा कुनै अभाव नहुने मन्त्रालयको दाबी छ। दसैँलगत्तै भने १० हजार चिनी आउने मन्त्रालयको भनाइ छ।

साल्ट ट्रेडिङले चिनी खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याइसकेको छ। ट्रेडिङले १० हजार मेट्रिक टन चिनी खरिदका लागि टेन्डर गरेर कम्पनी छनोटलाई अन्तिम चरणमा पुर्‍याएको हो।

अहिले वेभरेज कम्पनीले होल्ड गरेको ५ हजार मेट्रिक टन चिनी लिइ साल्ट ट्रेडिङमार्फत बिक्री गर्ने र बजार अभाव कम गराउने सरकारी लक्ष्य रहेको छ। 


प्रकाशित : शुक्रबार, असोज २६ २०८०१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend