काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २५ हजार जिरा बरामद गरेकाे छ। जिराकाे मूल्यमा कालो बजारी भइरहेको बेला विभागले जिरा बरामद गरेकाे हाे।
विभागको अनुगमन टाेलीले महँगो मूल्यमा बिक्री गर्न राखिएको जिरा बरामद गरेको हो।
विभागले काठमाडौं चोभारमा गोदामा सञ्चय गरेर राखेकाे जिरा बरामद गरेकाे हाे। बरामद जिरा बजारमा पठाउने तयारी भएको विभागले जनाएको छ।
बजारमा अहिले जिरा अभाव देखिएको छ। बजार अभाव देखाउँदै ब्यापारीले जिराकाे मूल्य प्रतिकिलो १४रूपैयाँ सम्म पुराएको छ।
विभागले बरामद जिरा सहुलियत मूल्यका बिक्रीकाे तयारी गरेको छ।