बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

एनआरएनए चुनाव : अध्यक्षका प्रत्यासी आरके शर्माले प्यानलसहित घोषाण गरे उम्मेद्वारी 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
images
images
एनआरएनए चुनाव : अध्यक्षका प्रत्यासी आरके शर्माले प्यानलसहित घोषाण गरे उम्मेद्वारी 

असोज ३० देखि कात्तिक ३ सम्म काठमाडौंमा हुने ११ औँ अधिवेसनका लागि शर्माले उम्मेद्वारी घोषणा गरेका हुन्। 

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मा (आरके)ले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन्। 

images
images
images

शर्माले काठमाडौंमा पत्रकार सम्मेलको आयोजना गरेर उम्मेद्वारी घोषणा गरेका हुन्। विभिन्न क्लस्टरका पदाधिकारीसहित उनले उम्मेद्वारी घोषणा गरेका हुन्। 

images

असोज ३० देखि कात्तिक ३ सम्म काठमाडौंमा हुने ११ औँ अधिवेसनका लागि शर्माले उम्मेद्वारी घोषणा गरेका हुन्। 

images
images
images

अध्यक्षका उमेदवार शर्मासँगै उपाध्यक्ष पदमा मलेसियाबाट खगेन्द्र न्यौपाने, जापानबाट रोविन्द्रप्रसाद श्रेष्ठ (गोविन्द)को उम्मेदवारी रहेको छ । न्यौपाने हालका सचिव र श्रेष्ठ हालका उपाध्यक्ष हुन् । 

उपाध्यक्षमै कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद उमेदवार रहेका छन् ।

यस्तै, उपमहासचिवमा प्रविन गुरुङ, सचिवमा लोक दाहाल, मनोजकुमार श्रेष्ठ गोर्खाली, टंक गिरी र आरसी पोखरेल उमेदवार रहेका छन् ।कोषाध्यक्ष पदमा ठाकुरकुमार ढुंगाना र महिला संयोजकमा  देवकी केसी गुरुङ उमेदवार छन् ।

शर्माले आफ्ना एजेन्डा पनि सार्वजनिक गरेका छन्। परदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्नका लागि संयन्त्र तथा पूर्वाधारसहितको पहलकदमी गर्ने, नेपालको अर्थतन्त्रमा योगदान हुनेगरि काम गर्ने प्रतिबद्धतता व्यक्त गरेका छन्। 

वैदेशिक रोजगारिमा रहेका नेपालीलाई मर्यादित काम दिलाउनका लागि निरन्तर पहल गर्ने, विदेशमा कमाएको सम्पत्तिलाई नेपालको विकासमा योगदान पुग्नेगरि संस्थागत पहल गर्ने उनको प्रतिबद्धतता छ। 


प्रकाशित : शुक्रबार, असोज २६ २०८०१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend