आइतबार, वैशाख २३ गते २०८१    
images
images

यी हुन् विश्वका १० सर्वाधिक सवारी तथा सवारीजन्य वस्तु निर्यातकर्ता

images
images
images
यी हुन् विश्वका १० सर्वाधिक सवारी तथा सवारीजन्य वस्तु निर्यातकर्ता

पछिल्लो समय चीन डिजेल इन्जिन, ड्राइभ ट्रेन र एयर कन्डिसनिङ सिस्टम र ईभी ब्याट्री (सीएटीएल) सबैभन्दा धेरै निर्यात गर्ने मुलुक हो। 

images
images

काठमाडौं- २०२२ मा विश्वभर ८ करोड ५० लाख मोटर भेहिकल उत्पादन भएको थियो। यो तथ्यांक युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनले सार्वजनिक गरेको हो। 

images
images
images

विश्वमा सबैभन्दा धेरै सवारी उत्पादक तथा निर्यातकर्ता मुलुक कुन होला भन्ने चासो धेरैलाई हुन सक्छ। विश्व व्यापार संगठन (डब्लूटीओ)को तथ्यांकअनुसार सबैभन्दा धेरै सवारी निर्यात गर्नेमा युरोपेली युनियन रहेको छ। 

images

डब्लूटीओको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले पछिल्लो २२ वर्षमा कुन देशले धेरै सवारी निर्यात गरेको तथ्यांक उल्लेख गरेको छ। २००० देखि २०२२ सम्म निर्यात भएका सवारीको मूल्यका आधारमा यो सूची तयार भएको हो। 

images

२००० मा सबैभन्दा सवारी युरोपेली युनियनले निर्यात गरेको थियो। त्यतिबेला ईयूले विश्वमा निर्यात भएको कुल सवारी मध्ये ४५.४ प्रतिशत निर्यात गरेको थियो। २०२२ मा आईपुग्दा पनि ईयू नै सर्वाधिक सवारी निर्यातकर्ता रहेको छ। २०२२ मा ईयूका देशहरुले ६ अर्ब ९९ अर्ब अमेरिकी डलर बराबरको सवारी निर्यात गरेका थिए। २२ वर्षमा सवारी निर्यात बढाएको ईयूमा २६ सदस्य राष्ट्रहरु छन्। 

images
images

ईयूपछि दोस्रो धेरै सवारी निर्यात गर्ने देशमा अमेरिका रहेको छ। २००० मा अमेरिकाले कुल सवारी निर्यातको ११.७ प्रतिशत हिस्सा ओगटेको थियो। तर २०२२ मा आइपुग्दा यो घटेर ९.१ प्रतिशतमा सीमित भएको छ। २०२२ मा अमेरिकाले १ खर्ब ३८ अर्ब डलरको सवारी निर्यात गरेको थियो। 

धेरै सवारी निर्यात गर्ने १० देशको सूचीमा एसियाली मुलुक जापान तेस्रो स्थानमा रहेको छ। २००० मा विश्वमा निर्यात हुने सवारी मध्ये १५.३ प्रतिशत जापान एक्लैले निर्यात गर्थ्यो। तर २०२२ मा जापानको सवारी निर्यात करिब आधार घटेर ८.९ प्रतिशतमा सीमित भएको छ। २०२२ मा जापानले १ खर्ब ३५ अर्ब डलरको सवारी निर्यात गरेको थियो। 

त्यस्तै चौथो धेरै सवारी निर्यात गर्ने देशमा मेक्सिको रहेको छ। २००० मा विश्वमा निर्यात भएको कुल सवारीको ५.३ प्रतिशत हिस्सा मेक्सिकोको थियो। २०२२ मा आइपुग्दा मेक्सिकोको सवारी निर्यातमा उल्लेख्य सुधार भइ ८.५ प्रतिशत पुगेको छ। अर्थात् २०२२ मा मेक्सिकोले १ खर्ब २९ अर्ब डलरको सवारी निर्यात गरेको थियो। 

धेरै अटोमोटिभ निर्यात गर्ने देशको पाँचौँ स्थानमा चीन रहेको छ। २००० मा चीनले विश्वमा निर्यात भएको कुल सवारीमध्ये जम्मा ०.३ प्रतिशतमात्र निर्यात गरेको थियो। तर २०२२ मा आइपुग्दा चीनको अटोमोटिभ निर्यात गुणात्मक वृद्धि भएर ८.० प्रतिशत पुगेको छ। २०२२ मा चीनले १ खर्ब २१ अर्ब डलर बराबरको सवारी निर्यात गरेको थियो। 

त्यस्तै धेरै अटोमोटिभ निर्यात गर्ने सूचीको छैटौँ स्थानमा दक्षिण कोरिया रहेको छ। २००० मा कोरियाले विश्वमा निर्यात भएको कुल सवारीको २.६ प्रतिशत निर्यात गरेको थियो। २०२२ मा आइपुग्दा कोरियाले सवारी निर्यातमा उल्लेख सुधार गरेर कुल निर्यातको ५.१ प्रतिशत हिस्सा ओगटेको छ। २०२२ मा कोरियाले ७७ अर्ब डलरको अटोमोटिभ निर्यात गरेको थियो। 

सर्वाधिक धेरै सवारी निर्यात गर्ने १० देशको सूचीमा क्यानडा सातौँ नम्बरमा रहेको छ। २००० मा क्यानडाले विश्वमा निर्यात भएको कुल सवारीको १०.५ प्रतिशत निर्यात गरेको थियो। तर २०२२ मा आइपुग्दा क्यानडाको अटोमोटिभ निर्यात उल्लेख्य गिरावट आएको छ। २०२२ मा क्यानडाले विश्वमा निर्यात भएको कुल सवारीको ३.३ प्रतिशतमात्र निर्यात गरेको थियो। उक्त वर्ष क्यानडाले ५० अर्ब डलरको निर्यात गरेको थियो। 

त्यस्तै यो सूचीको आठौँ स्थानमा बेलायत रहेको छ। २००० मा बेलायतले विश्वमा निर्यात भएको कुल सवारीको ४.५ प्रतिशत निर्यात गरेको थियो। तर २०२२ मा आइपुग्दा बेलालयको अटोमोटिभ निर्यात करिब आधा घटेर २.७ प्रतिशतमा सीमित भएको छ। २०२२ मा बेलायतले ४१ अर्ब डलरको अटोमोटिभ निर्यात गरेको थियो। 

धेरै अटोमोटिभ निर्यात गर्ने देशको सूचीमा नवौँ स्थानमा थाइल्यान्ट रहेको छ। थाइल्यान्डले २००० मा कुल सवारी निर्यातको ०.४ प्रतिशत हिस्सा ओगटेको थियो। तर २०२२ मा आइपुग्दा थाइल्यान्डको सवारी निर्यात बढेर २.० प्रतिशत पुगेको छ। यो वर्ष थाइल्यान्डले ३० अर्ब डलरको अटोमोटिभ निर्यात गरेको थियो। 

सर्वाधिक धेरै अटोमोटिभ निर्यात गर्ने १० देशमा टर्की दशौँ स्थानमा रहेको छ। टर्कीले २००० मा विश्वमा भएको कुल अटोमोटिभ निर्यातको ०.३ प्रतिशत हिस्सा ओगटेको थियो। २०२२ मा आइपुग्दा टर्कीको निर्यातमा उल्लेख्य सुधार भइ कुल निर्यातमा १.७ प्रतिशत हिस्सा पुगेको छ। २०२२ मा टर्कीले २५ अर्ब डलरको अटोमोटिभ निर्यात गरेको थियो। 

२००९ यता चीन विश्वको सबैभन्दा ठूलो कार बजार हो। त्यसैले २००० यता चीनको कार निर्यात वृद्धि ७.७ प्रतिशत रहेको छ। त्यस्तै मेक्सिको र दक्षिण कोरियाको निर्यात वृद्धि क्रमशः ३.२ प्रतिशत र २.५ प्रतिशतले बढेको छ। 

पछिल्लो समय चीन डिजेल इन्जिन, ड्राइभ ट्रेन र एयर कन्डिसनिङ सिस्टम र ईभी ब्याट्री (सीएटीएल) सबैभन्दा धेरै निर्यात गर्ने मुलुक हो। 

त्यस्तै मेक्सिकोको अटोमोटिभ निर्यात बढ्नुमा विश्वको ठूला सवारी उत्पादकले त्यो प्लान्ट स्थापना गर्नु हो। अमेरिकासँग सीमा जोडिएको र अमेरिकामा भन्दा सस्तो मूल्यमा श्रमिक पाइने भएकाले धेरै सवारी उत्पादकले मेक्सिकोमा प्लान्ट स्थापना गरिरहेका छन्। 

यसैगरि दक्षिण कोरियाको वृद्धि बढ्नुमा हुन्डाई मोटर कम्पनीको ठूलो योगदान छ। हालै हुन्डाई टोयोटा र फक्सवागनपछि विश्वको तेस्रो ठूलो कार उत्पादक कम्पनी बनेको थियो। 

साथै २००० यता सर्वाधिक निर्यात गुमाउने देशमा क्यानडा, जापान र अमेरिका रहेका छन्, जसले क्रमशः ७.२ प्रतिशत, ६.४ प्रतिशत र २.६ प्रतिशत निर्यात गुमाएका हुन्। 

images

प्रकाशित : शनिबार, असोज २७ २०८००५:०८

प्रतिक्रिया दिनुहोस