बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

दसैँका लागि यात्रुवाहक सवारीमा रुट परमिट खुला, ट्रेलरलगायत ठूला सवारी उपत्यका प्रवेशमा रोक 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
images
दसैँका लागि यात्रुवाहक सवारीमा रुट परमिट खुला, ट्रेलरलगायत ठूला सवारी उपत्यका प्रवेशमा रोक 

रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन्।

images
images

काठमाडौं- सरकारले वडादसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आज शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ।

images
images
images

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो।

images
images

रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ। रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन्।

images
images

सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्नेबाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ।

दसैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ। प्रत्येक वर्ष काठमाडौंबाट दसैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो गन्तव्यमा जाने गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, असोज २६ २०८०१३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend