बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कालोबजारीको अभियोगमा बरामद ७० हजार किलो चिनी साल्ट ट्रेडिङमार्फत किलोको ९७ रुपैयाँमा बिक्रीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
images
कालोबजारीको अभियोगमा बरामद ७० हजार किलो चिनी साल्ट ट्रेडिङमार्फत किलोको ९७ रुपैयाँमा बिक्रीमा

चिनी सञ्चय गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीको गोदामस्थल पहिचान गरी कारबाही गर्ने तथा सञ्चय गरेको चिनीलाई सहज र वास्तविक मूल्यमा बजारमा आपूर्ति गराउन निरन्तर लागिपरेको समेत विभागले जनाएको छ। 

images
images

काठमाडौं- कालोबजारी गरेको अभियोगमा बरामद भएको ७० हजार किलो चिनी साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्रीमा राखिएको छ। उक्त चिनी साल्ट ट्रेडिङले प्रतिकिलो १ सय १ रुपैयाँ ५० पैसामा खरिद गरी सुपथ मूल्य पसलमार्फत प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरेको हो। 

images
images
images

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कुलेश्वरबाट जफत गरेको ७० हजार किलो चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत दरमा बिक्री गरिरहेको हो। 

images
images

विभागले कालोबजारी गरेको भन्दै कुलेश्वरको गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेर चिनी बरामद गरेको थियो। गृहेश्वरी ट्रेडलिंकको गोदाममा १४ सय बोरामा ७० हजार किलो चिनी भण्डारण गरिएको थियो। गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको भन्दै विभागले सिल गरेको थियो।

images
images

यस्तै बजारमा देखिएको चिनीको अभावलाई न्यूनीकरण गरी आपूर्ति प्रणाली सहज गर्न स्वदेशी उद्योगले अन्य औद्योगिक प्रयोजनका लागि अग्रिम बिक्री सम्झौता गरिसकेको एक हजार मेट्रिक टन चिनी पनि उपभोक्ताको सहज पहुँच पुग्ने गरी बजारमा पठाउने तयारी गरिएको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिएका छन्।

चिनी सञ्चय गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीको गोदामस्थल पहिचान गरी कारबाही गर्ने तथा सञ्चय गरेको चिनीलाई सहज र वास्तविक मूल्यमा बजारमा आपूर्ति गराउन निरन्तर लागिपरेको समेत विभागले जनाएको छ। 

यस्तै विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ। विभागले चाडपर्वलक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ। 

यही असोज १ देखि २५ गतेसम्म विभागले काठमाडौं उपत्यकाभित्रका दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधि तथा तरकारीजन्य ६ सय ७९ व्यावसायिक फर्मको अनुगमन गरी १ सय ७७ फर्मलाई विभिन्न कसुरमा कारबाही गरेको छ। विभागले गैरव्यावसायिक क्रियाकलाप गर्ने ती फर्ममाथि कारबाही गरी ५४ लाख ६७ हजार जरिवाना तिराएको छ। 


प्रकाशित : शुक्रबार, असोज २६ २०८०१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend