काठमाडौं- कमर्सियल गाडीहरुको बिक्रीमा नेपालकोस्थापित डिलर शशिला मोटर्स प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ।
शशिला मोटर्सले शुक्रबार चिनियाँ बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ।
हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा प्रसिद्ध ब्राण्ड हो।
यो सम्झौतासंँगै शशिला मोटर्स प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक वितरक बनेको छ।
सुरुमा प्रालिले १६ सिट क्षमताका ईभी मिनि भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ। जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलोरोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रालिका प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ।
हाइगर ईभी भ्यानका प्रमुख विशेषताहरु :
नेपालकै पहिलो १६ सिट क्षमताको ईभी भ्यान
सिंगल चार्जमा २ सय ५० किमि रेञ्ज
७० किलोवाट आवरको ब्याट्री
कटिंग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक
कोलिजन अभोइडेन्स्सिस्टम, लेन डिपार्चर वार्निंग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका विशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो ईभी भ्यान)
१६ सिट क्षमताको ईभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ भएको
यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित उत्कृष्ट आन्तरिक सजावट भएको
नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको
९० किलाेवाट पावर र ३ सय ५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता
अलोइ हृवील र २ सय १५ आर ७५ टायर साईज, १६ पीआर सहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र
स्ट्याबिलिटी बढाउँदछ।