शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विदेशी पहुनालाई दसैँ परिकार खुवाइने

images
बिहीबार , असोज २५ २०८०
images
विदेशी पहुनालाई दसैँ परिकार खुवाइने

अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली मौलिक खानाको स्वाद चखाइ नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

images
images

काठमाडौं- दसैँको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले  रैथाने खाना प्रवर्द्धन गर्ने भएको छ।

images
images
images

दसैँको बिदामा कतिपय रेस्टुरेन्टहरु समेत पूर्णरुपमा सञ्चालनमा नआउने भएकाले होटलहरुले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनाहरुलाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरुले जनाएका छन्। उक्त कार्यक्रम असोज २८ गते घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ।

images
images

पर्यटकहरुले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुचि राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली मौलिक खानाको स्वाद चखाइ नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

images
images

होटल संघ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशैभरीका सदस्य होटलहरु खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेसनल होटल र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घरलगायतले आफ्नो मेनुमा दसैँमा नेपाली  घरपरिवारमा पाक्ने स्वादिलो स्थानीय रैथाने पकवान आफ्ना ग्राहकहरु माझ पस्कने छन्।

यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरु पनि सहभागी रहने होटल संघ नेपालले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज २५ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend