बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

वैकल्पिक सिँचाइ व्यवस्थाले किसानलाई राहत

images
बिहीबार , असोज २५ २०८०
images
images
वैकल्पिक सिँचाइ व्यवस्थाले किसानलाई राहत

यसपाली अनुकूल वर्षा नभएर धानबाली लगाउन नपाएका किसानलाई सिँचाइको वैकल्पिक व्यवस्था भएपछि गहुँ र अन्य तरकारीबाली लगाउन सहज भएको छ।

images
images

महोत्तरी- सिँचाइ अभावका कारण खेती गर्न नपाएका यहाँका किसानलाई नगर कार्यपालिकाले स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट उपलब्ध गराएपछि राहत मिलेको छ। कार्यालयले बुधबार स्यालो ट्युबवेल जडान गरिएका ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको हो।

images
images
images

यसपाली अनुकूल वर्षा नभएर धानबाली लगाउन नपाएका किसानलाई सिँचाइको वैकल्पिक व्यवस्था भएपछि गहुँ र अन्य तरकारीबाली लगाउन सहज भएको छ। 'ट्युबवेलमा मोटर पम्पसेटको सहायताले सिँचाइ गरी गहुँ तथा तरकारी लगाउन सहज भएको छ', स्थानीय जैश शेषले भने। नगरका नौ वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन दिएका किसानलाई उक्त ट्युबवेल र मोटर पम्पसेट खरिदमा नगर कार्यालयले ८५ प्रतिशत लगानी गरेको उनको भनाइ थियो।

images

उक्त कार्यक्रमका लागि ४५ लाख ४८ हजार रूपैयाँ खर्च भएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्माले जानकारी दिए। उनका अनुसार यसबाट एक सय ५० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।

images
images
images

यसअघि कार्यालयले फलफूल रोपन, मखान बजार व्यवस्थापनमा सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरणलगायत कृषि सामग्री उपलब्ध गराएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। गहुँ र अन्य तरकारी बालीका उन्नत बीउ पनि किसानलाई उपलब्ध गराउँदै आइएको उनको भनाइ थियो।

पालिकाले पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, जैविक मललगायत सामग्री दिँदै आएको किसान मेराज अन्सारीले बताए। यस्ता कार्यक्रममले किसानलाई राहत महसुस भएको उनको भनाइ थियो। रासस


प्रकाशित : बिहीबार , असोज २५ २०८००८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend