सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

विदेशबाट फर्किएर भैँसीपालन, दैनिक दुईसय लिटर दूध बेच्छन् नोमबहादुर

images
बिहीबार , असोज २५ २०८०
images
विदेशबाट फर्किएर भैँसीपालन, दैनिक दुईसय लिटर दूध बेच्छन् नोमबहादुर

विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो नहुने नोमबहादुर केसी बताउँछन्।

images
images

दाङ- घोराही उपमहानगरपालिका-५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्छन्। उनले बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आएका छन्।

images
images
images

उनले विसं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएको बताए। केसीको मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म छ। विसं २०७१ अघि दुईवटा भैँसीपालन गरेर पनि उनले साइकलबाट दूध बेचेको अनुभव सुनाए। ४५ वर्षीय केसी तीन वर्ष घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले मलेसिया रोजगारीका लागि गए। मेलेसियाबाट फेर्केपछि फेरि उनी रोजगारीकै लागि भारत पनि गए। त्यहाँ पनि उनले सोचे अनुसारको कमाउन सकेनन्। 

images
images

'विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन', उनले भने, 'विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ।'

images
images

केसीले स्वदेशमै केही गर्नुपर्छ भनेर थालेको पशुपालन व्यवसायले आम्दानीसँगै तीन/चार स्थानीय युवालाई रोजगारी दिएका छन्।आफ्नो फार्मबाट दैनिक ३० लिटर र बाँकी गाउँका अन्य किसानबाट दुध खरिद गरी बिक्री गर्छन्। उनको फार्ममा १८ भैँसी र तिनका पाडापाडी छन्। उनले केही दूध डेरी पसल र होटलमा दिनुहुन्छ भने बाँकी घरघरमा पुर्‍याएर फुटकर बेच्छन्।

केसी आफ्नो घरबाट निस्केपछि बाटोका चोकचोकमा किसानबाट दूध संकलन गर्दै अघि बढ्छन्। 'बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, बिहान ९:३० बजेसम्म दूध बेचेर सक्छु', उनले भने। उनलाई भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ। बिहान ५ बज्दा केसी दूध बोकेर हिँड्छन्। घरका अन्य सदस्यले पनि सहयोग गर्ने गरेको उनले बताए।

यही कामबाट आफूले मासिक रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए। उनले प्रतिलिटर एक सयमा दूध बेच्ने गरेका छन्। केसीले आफ्नै जग्गामा मौसमअनुसार घाँस लगाउँछन्। उनले पराल र भूस पनि आफ्नै जग्गाबाट उत्पादन गर्छन्। मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेको उनले बताए।

'धेरै पटक जरिवाना तिरेको छु, मोटरसाइकलमा यसरी बोक्ने होइन, गाडी किन्न भन्छन्', उनले भने।

तत्काल गाडी किन्न नसक्ने हुँदा समस्या भएको उनले बताए। किसानप्रति सम्मानको व्यवहार नभएका कारणले पनि युवा कृषिमा आकर्षित हुन नसकेको उनको भनाइ छ।

उनले हालसम्म कतैबाट अनुदान नपाएको बताए। राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनको धारणा छ। वास्तविक किसानले अझै पनि अनुदान पाउन नसक्ने समस्या कायम रहेको उनले बताए। वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका केसी उदाहरण पात्र मात्रै छन्। रासस


प्रकाशित : बिहीबार , असोज २५ २०८००८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend