बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

उड्डयन र रेल उद्योग स्तरोन्नति गर्दै हुवावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेसन

images
बिहीबार , असोज २५ २०८०
images
images
उड्डयन र रेल उद्योग स्तरोन्नति गर्दै हुवावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेसन
images
images

काठमाडौं- हुवावे कनेक्ट २०२३ सँगै हुवावेको एभियसन र रेल बियूले तीन वटा विश्वव्यापी शिखर सम्मेलनहरू आयोजना सम्पन्न गरको छ। हुवावेले उद्योगका ग्राहक, नेतृत्वकर्ता, प्राविधिक विशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागि आफ्ना उत्कृष्ट अभ्यासहरू छलफल गरेको थियो।

images
images
images

अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर हुवावेले विभिन्न प्रकारका उद्योग परिदृश्यहरूमा बहुआयामी सचेतना, सर्वव्यापी जडान र खुला प्लेटफर्महरू मार्फत उड्डयन र रेल क्षेत्रलाई थप विकास गरेको छ।

images

हुवावेको उद्योग इन्टेलिजेन्स एक व्यवस्थित प्रयास हो। चाइना वेस्ट एयरपोर्ट समूह (सीडब्लुएजी) ले संयुक्तरूपमा व्यापक बौद्धिक रूपान्तरण रणनीति विकास गर्न हुवावेलाई छनोट गरेको छ।

images
images
images

सीडब्लुएजीका डेपुटी जनरल म्यानेजर लिन बिनका अनुसार उनको कम्पनीले हुवावेको उच्च प्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगका लागि उन्नत एल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको छ।

हवाई अड्डा सञ्चालनका लागि डिजिटल र इन्टेलिजेन्ट ग्राउन्ड ह्यान्डलिङ समाधानहरूले उडानहरू, यात्रुहरू र स्रोतहरूको वास्तविक-समय (रियल टाइम) स्थितिका साथै तत्काल चेतावनी समेत दिने गर्दछ। तिनीहरूले आवश्यकताअनुसार ग्राउन्ड ह्यान्डलरहरू पठाउन सक्छन्। यी समाधानहरूले ग्राउन्ड व्यवस्थापनको क्षमतालाई २० प्रतिशतले बढाउँछ र १७ प्रतिशतले समयको बचत समेत गराउँछ। त्यसैगरी, स्मार्ट एयरपोर्ट सञ्चालन समाधानहरूले उत्कृष्ट उडान योजनाको मोडेल प्रस्तुत गरेको छ जसले आपूर्ति-माग मिलान र एआई-सहायता अपरेशन कमाण्ड प्राप्त गरेको छ ।

विकसित प्रविधिहरूले उद्यम डिजिटल रूपान्तरण र स्तरवृद्धि गर्न चुनौती र अवसर दुवै ल्याएका छन्। हुवावेका उपाध्यक्ष र हुवावेको एभियसन एण्ड रेल बियूका सीईओ लि जुनफेङले ग्लोबल रेलवे शिखर सम्मेलनमा उद्घाटन भाषण दिएका थिए।

उनले जीएसएम-आर बिस्तारै बजारबाट बाहिर निस्कने क्रममा रहेको रेलवे उद्योगलाई दक्षता र फाइदाहरू सुनिश्चित गर्न, साथै उच्च-गुणस्तरको विकास कायम राख्न अर्को पुस्ताको मोबाइल सञ्चार प्रणाली आवश्यक रहेको बताए। साथै उनले हुवावेले रेलवे उद्योगलाई अझ राम्रो सेवादिन कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्नेबारे काम गरिरहेको र अभ्यासहरू निर्माण गरेको उल्लेख गर्दै यस यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताए।

उदाहरणका लागि, हुवावेले स्मार्ट रेलवे टिएफडीएस समाधान विकास गर्न हुइटिए टेक्नोलोजीसँग मिलेर ३ बिलियन प्यारामिटरहरू भएको पांगु रेलवे मोडेल प्रयोग गर्छ। यी समाधानहरुले सबै टिएफडीएस परिदृश्यहरू समेट्छ र यसले ६७ सवारी साधनका ४३० प्रकारका त्रुटी पहिचान गरेर त्रुटी पहिचानको दर ९९.३ प्रतिशत पुर्‍याएको छ। यसले गम्भीर गल्तीहरूको पहिचानका लागि शून्य निरीक्षण सुनिश्चित गर्दछ र परिचालन दक्षतालाई तीन गुणा बढाउँछ। 'हुवावेले हाम्रा साझेदारहरूसँग एआई अन्वेषण गर्न सही परिदृश्यको लागि सही प्रविधि खोज्न र अन्ततः व्यापार सफलतामा योगदान पुर्‍याउने छ', उनले भने।

विभिन्न उद्योगहरूको मूल उत्पादन प्रणालीहरूमा इन्टेलिजेन्स प्रविधिहरू प्रस्तुत गर्नाले उत्पादन क्षमता र दक्षतामा गुणात्मक छलाङ ल्याउँछ र सपनाहरूलाई मूर्त उपलब्धिहरूमा परिणत गर्दछ। हुवावेको एभियसन एण्ड रेल बियूका सीओओ वाङ गुओयुले हुवावेले यो कसरी हासिल गर्छ भनेर वर्णन गरे।

वाङकाअनुसार हुवावेले डाटा, कम्प्युटिङ पावर, एल्गोरिथ्म र उद्योग परिनियोजन चुनौतीहरूमा ध्यान केन्द्रित गरेको छ। यसले उद्योगहरूलाई सेन्सिङ, कनेक्टिभिटी र प्लेटफर्म एप्लिकेसन लेयरहरू अपग्रेड गर्न र स्मार्ट विकासलाई बढावा दिन डिजिटल र इन्टेलिजेन्ट फाउण्डेसनलाई थप सुदृढ गर्न प्रेरित गर्छ। सबै परिदृश्य अनुप्रयोगहरूको लागि कम्प्युटिङ पावर उत्पन्न गर्न सक्ने प्रभावकारी डाटा उपलब्ध गराए हामी उद्योगहरूमा बौद्धिक स्तरवृद्धि गर्न सजिलो बनाउँछौँ।

हुवावेको एभियसन एण्ड रेल बियूका उपाध्यक्ष थोमस सुले बौद्धिकीकारण विश्वभरका र उद्योगका सबै खेलाडीहरूको लागि अवसर भएको बताए। थोमसले भने, 'हुवावेको आधारभूत प्रविधिहरूका लागि धन्यवाद, अपग्रेड गरिएको अर्बन रेल क्लाउड ३.० इन्टेलिजेन्ट स्वायत्त र सहयोगी छ, जसले सहरी रेल क्लाउड प्लेटफर्म र स्टेसनहरू बीचको तालमेललाई सफल बनाउँछ, यसमाधेरै प्रकारका डाटा, सुरक्षा र ओ एण्ड एम जस्ता पक्षहरू रहेका छन्।' उपध्याक्ष सुका अनुसार, यी समाधानले केन्द्रीकृत रुपमा व्यवस्थापन गर्छ र सहरी रेल उद्योगको लागि गुणस्तर र दक्षतादुवै सुधार गर्दछ।

हुवावेले ठूलो डाटा र एआई एल्गोरिदमहरू प्रयोग गरेर वुहान मेट्रोमायात्रु ट्राफिकको छोटो अवधिको भविष्यवाणी तथा वास्तविक-समय (रियल टाइम) निगरानीको लागि मद्दत गरेको छ। साथै यसले व्यक्तिगत तथा स्टेसन कर्मचारीहरूलाई यात्रु ट्राफिकको वास्तविक समयस्थिति र छोटो अवधिको परिवर्तनको अवस्था स्पष्ट गर्नुका साथै ३० मिनेटदेखि केही घण्टासम्मको ठूलो यात्रु ट्राफिकको व्यवस्थापन र निर्देशन समेत तयार गर्दछ। यी प्रविधिहरूले यात्रु प्रवाह नियन्त्रण दक्षता सुधार गर्नुका साथै परिचालन सुरक्षा सुनिश्चित गर्दछ।

यस्तै हवाई र रेल उद्योगहरूमा ग्राहकहरूलाई सेवा दिन साझेदारहरूलाई एकीकृत गर्न जारी राख्ने हुवावेले जनाएको छ। इन्टेलिजेन्स स्तरवृद्धिमार्फत उद्योगको विकासलाई बलियो बनाउन, सुरक्षित तथा हरियाली गतिशीलता कायम राख्न, अधिक कुशल यातायात र उच्च गुणस्तर सेवाहरू सक्षम गर्न प्रतिबद्ध रहेको पनि कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज २५ २०८००७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend