बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने, शव ल्याउन भने ढिलाइ हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २५ २०८०
images
images
इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने, शव ल्याउन भने ढिलाइ हुने

इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानूनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ।

images
images

काठमाडौं- हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहीबार बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएको छ।

images
images
images

परराष्ट्रमन्त्री एनपी साउद कुटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन २ सय ७४ सिट क्षमताको विमान इजरायल गएको हो।

images

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए। एक जनाको अवस्था अझै अज्ञात छ। इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण संकलन गरिरहेको छ।
 
शव ल्याउन भने केही ढिलाइ हुने

images
images
images

इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानूनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ।

इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानूनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताइन्। रासस


प्रकाशित : बिहीबार , असोज २५ २०८००६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend