काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार तोलामा एक सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला ७ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार रूपैयाँ कायम छ।
चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले बढेर प्रतितोला १३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।