शनिबार, असोज १३ गते २०८०    

रामदेवलाई नेपालको पर्यटन सद्भावना दूत बन्न प्रस्ताव 

images
रामदेवलाई नेपालको पर्यटन सद्भावना दूत बन्न प्रस्ताव 

नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनका लागि जोड दिँदै  भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न प्रस्ताव गरेको छ। 

images

काठमाडौं- नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनका लागि जोड दिँदै  भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ। 

images

नेपालमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो। बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दुतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सिईओ)डा. धनञ्जय रेग्मीले जानकारी दिए।

images

नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले उनीसँग मिलेर नेपालको प्रर्वद्धनका लागि पहल गरिरहेको उनले बताए। 

images

यसैबीच योगगुरु रामदेव तथा आर्चाय बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी बीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनलाई अगाडी बढाउने विषयमा छलफल भएको छ। 

images

योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रर्वद्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताए। बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए।

 

images

प्रकाशित : आइतबार, मंसिर ५ २०७८११:३६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ